काठमाडौँ – चितुवाको आ-क्रम-णबाट बैतडीमा एक बालिकाको ज्यान गएको छ। बैतडीको तल्लो सोराड क्षेत्रमा चितुवाको आ-क्रमणबाट एक बालिकाको ज्यान गएको हो।
ज्यान गुमाउनेमा मेलौली नगरपालिका वडा नं ९ असुर बस्ने रामबहादुर लुहारकी ८ वर्षीया छोरी सीता लुहार रहेकी छिन्। ज्यान गुमाउने बालिका अपाङ्ग थिइन्।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार लुहार माथि मंगलबार बिहान करिब ४ बजे आसपासको समयमा चितुवाले आक्रम-ण गरेको हो। सुतेकै अवस्थामा बालिकालाई चितुवाले ओछ्यानबाट तानेर लगेको बताइएको छ।
ओछ्यानमा सुतेकै अवस्थामा चितुवाले तानेर लगेको र घर नजिकै ५०० मिटर पर बालिकाको श-व फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपीले बताएका छन्।
तल्लो सोराड क्षेत्रमा एक साताको समयमा चितुवाले आक्रम-ण गरेको यो दोस्रो घटना हो। केहि दिन अगाडी मात्रै चितुवाको आ-क्रम-णबाट एक बालक घाइते भएका थिए।
अझै आठ प्रतिशत बालबालिकाले पूर्ण खोप पाएनन्
डोटी – सुदूरपश्चिम प्रदेशमा नौ महिनादेखि पाँच वर्षमुनिका करिव दुई लाख ८४ हजार ७६२ बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाइने भएको छ । क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले दिएको जानकारीअनुसार यसका लागि आगामी चैत १ गतेदेखि ३० गतेसम्म प्रदेशका नौ वटै जिल्लामा खोप अभियान सञ्चालनमा हुने छन् ।
अभियानमा पाँच हजार २०० खोप केन्द्र र नौ हजार ३०० स्वयंसेवकसमेत परिचालन गरिने जनाइएको छ । अभियान अन्तर्गत डोटीमा करिव २४ हजार ५५० बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले जानकारी दिए।
अगामी चैत १ गतेदेखि पहिलो चरणमा जिल्लाका वोगटान फुड्सिल, जोरायल, बडिकेदार र केआइसिंह गाउँपालिकामा सञ्चालन गरिने छ । त्यस्तै चैत १६ देखि दोस्रो चरणअन्तर्गत दिपायल सिलगढी, शिखर नगरपालिका , पूर्वीचौकी, आदर्श र सायल गाउँपालिकाका बालबालिकालाई खोप लगाइने कार्यक्रम तय भएको उनले जानकारी दिए। उनले भने, “बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप दुई चरणमा लगाउने योजना बनाएका छौँ, हाम्रो अभियानमा सबै स्थानीय तहले साथ र सहयोग गर्न जरुरी छ ।”
कूल ५११ खोप केन्द्र, १२६ स्वास्थ्यकर्मी र एक हजार २२ स्वयंसेवक परिचालन गरिने जनाइएको छ । ढुक्क साथ आफ्ना बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाउन जिल्ला अस्पताल डोटीका डा ज्योति पाण्डेले आग्रह गरे। जिल्लामा आठ प्रतिशत बालबालिका पूर्ण खोपबाट बञ्चित रहेकोे कार्यालयको तथ्याङ्कमा रहेको छ । स्वास्थ्य कार्यालयका अध्यक्ष यज्ञराज जोशीले भने, “दादुरा–रुवेलाविरुद्धको खोप लगाउन कुनै पनि बालबालिका नछुटुन् भन्ने उद्देश्यले यहाँका स्थानीय तहसँगको सहकार्यमा खोप अभियान सञ्चालन हुँदैछ । यसमा सहयोग गर्न म सबैमा आह्वान गर्छु । ”