काठमाडौँ, फागुन २७ । फागुन महिनाभर लगातार उकालो लागिरहेको सुनको मुल्य आइतबार यता स्थिर रहेको थियो । सोमबार स्थिर रहेको सुनको मुल्य आज भने तोलामा २ सय रुपैयाले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज मंगलबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ८२ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । यस्तै तेजाबी सुनको मूल्य पनि तोलामा २ सय रुपैयाले बढेको छ । आज तेजावी सुन प्रतितोला ८२ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ । सोमबार छापावाला सुन प्रतितोला ८२ हजार ५ सय र तेजावी सुनको मुल्य ८२ हजार २ सय रुपैयामा बिक्रि वितरण भईरहेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा नै लगातार उकालो लागेको सुनको मूल्यको प्रभाव स्थानीय बजारमा परेसँगै यहि महिनामा सुनको मूल्यले रेकर्ड नै कायम गरेको छ । आजको सुनको मुल्य अहिलेसम्मकै महँगो हो।
यस्तै आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाले घटेको छ। मंगलबार चाँदीको मुल्य प्रतितोला ८ सय ८० रुपैयामा कायम भएको छ ।
पछिल्लो समय अमेरिका र इरानमा देखिएको तना-व र चीन-अमेरिका व्यापार यु-द्धका कारण सुनको मूल्यमा उतार-चढाव देखिदै आएको छ। महासङ्घका अनुसार पछिल्लो समय सुनको व्यापार ७५ प्रतिशत हाराहारीमा खुम्चिएको छ । सामान्यतः दैनिक करिब २५ देखि ३० किलो सुन खपत हुँदै आएको नेपाली बजारमा अहिले मुस्किलले १० किलो सुन पनि बिक्री हुन नसकेको महासङ्घले जनाएको छ ।