वृश्चिक राशि हुनेहरुको नयाँ वर्ष २०७७ साल कस्तो रहला ? हेर्नुहोस् वार्षिक राशिफल !

वर्षको सुरुवातदेखिनै वृश्चिक राशिको गुरु, मंगल उच्च राशि पराक्रम भावमा प्रवेश गर्नेछन्, प्रभावस्वरूप यस योग वृश्चिक राशिका लागि वरदान साबित हुनेछ। साथै, यस राशिमा शनिको पनि प्रभाव रहेको हुदा, यस राशिका व्यक्तिहरुलाई साहसी र शक्तिशाली बनाउँनेछ।

यस वर्ष, यस राशिका व्यक्तिहरुले लिएको प्राय: सबै निर्णयहरुमा सफलता प्राप्त गर्नेछन्। तर, अत्याधिक उत्साहका साथ केहि नसोची निर्णय लिदा सामाजिक विरोधको सामना गर्नुपर्ला। परिवारमा दाजु-भाइहरुसंग मतभेद हुने योग रहेको हुदा, झैँ-झगडाबाट टाढै रहनुहोला।

धनभावमा बृहस्पति बस्नु आकस्मिक धन प्राप्तिको योग बनाउदछ। तर, यसको मकर राशिमा गोचरको समय बृहस्पति प्रभाव कमजोर हुनेछ।  असार महिनादेखि पुनः बृहस्पति धनु राशिमा प्रवेश गर्नाले, आर्थिक पक्ष अझ बलियो हुनेछ।

यस वर्ष, परिवारका सदस्यहरुबाट सहयोग प्राप्ति हुने देखिन्छ। गोप्य शत्रुहरुबाट बच्नुहोला। कार्यस्थलमा तपाईको बिरूद्ध षडयन्त्रहरू रच्ने योग रहेको हुदा, निकै सावधानी अपनाउनुहोला। उच्च अधिकारीहरुसंग राम्रो सम्बन्ध राख्दा, राजनीतिज्ञहरुसंग पनि गहिरो सम्बन्ध गठन हुने देखिन्छ।

समाजमा पद तथा प्रतिष्ठा बढ्नेछ। तपाईंको निर्णय र तपाईंद्वारा गरिएका कामहरुको सबैले प्रशंसा गर्नेछन्। यस वर्ष, पदोन्नति र स्थानान्तरणका लागि पनि राम्रो योग रहेको देखिन्छ। विवाह सम्बन्धित वार्तामा ढिलाइ हुन सक्ला। विदेश ताक्नेहरूका लागि पनि परिस्थिति अनुकूल बन्नेछ।

प्रकाशित : , ०, ०१२:०८

शनिवारको दिन यी चिज देख्नुभयो भने सम्झिनुस् तपाईको भाग्य खुल्यो !