यी सात वस्तुले रोक्न सक्छ तपाईको प्रगति, जान्नुहोस् वास्तु उपाय!

जब कुनै व्यक्तिले बारम्बार प्रयास गर्दा पनि सफलता प्राप्त गर्दैन भने उनको घरमा भएका वास्तु दोष हुन सक्छ। यदि कुनै व्यक्तिको घरमा वास्तु दोष छ भने अवरोध, बिमारी र दुर्भाग्य जस्ता समस्याहरुले उनलाई पछ्याइ रहन्छ। प्राय: हामी आफ्नो घर बनाउदा वास्तुका नियमहरुको पूर्ण ध्यान दिने गर्छौ।  तर, वास्तु अनुसार घरमा के राख्ने भन्ने कुरा भने थाहा हुदैन।

अझ प्राय: व्यक्तिले उपहारमा आएको हरेक कुरा केहि नसोची घरमा अथवा आफ्नो कोठामा सजाएर राख्ने गर्दछ। सुन्दा यो सानो कुरा लाग्न सक्छ, तर यो सानो कुराले निकै ठुलो परिवर्तन ल्याउन सक्छ भन्ने कुरा उनीहरुलाई थाहा हुदैन। त्यसैले आज हामी घरमा वास्तु दोष नहुन के राख्ने, के नराख्ने, कुन दिशामा राख्ने जस्ता कुराहरुमा चर्चा गर्छौ।

  • घर भित्र कहिले पनि बोनसाई र काँडा भएको बिरुवाहरु रोप्नु हुँदैन। यसले घरको वास्तु बिगार्नुका साथै नकारात्मक ऊर्जा पनि फैलाउने गर्दछ।

  • घरको उत्तर र पूर्वी भागहरुमा भारी मूर्तिकलाहरु राख्नुहुदैन। यसले घरमा नकारात्मक उर्जा प्रभावित हुने गर्छ।

  • ओछ्यानमुनि जुत्ता तथा चप्पल राख्नाले, रोग तथा मानसिक समस्या निम्त्याउँछ।

  • देवी-देवताहरुका खण्डित मूर्तिहरू पनि घरमा राख्नु निकै अशुभ मानिन्छ।

  • वास्तुका अनुसार घरमा बन्द भएको अथवा नचलेको घडी राख्दा यसले जीवनमा समस्या निम्त्याउन सक्छ। वास्तुशास्त्रका अनुसार घरमा फुटेको घडी तथा बन्द घडी राख्नु दुर्भाग्यको संकेत मानिन्छ।

  • कोठाको उत्तर र पश्चिम दिशामा कहिल्यै अन्धकार हुनुहुँदैन। यसको सम्बन्ध सीधा तपाइको घन तथा प्रगतिसँग हुने गर्दछ।

  • पूजा र दानको लागि घरमा ल्याइएका सामानहरू लामो समयसम्म घरमा राख्नुहुँदैन। जुन कामका लागि ल्याइएको हो, त्यहिँ काममा प्रयोग गरि हाल्नुपर्छ।
प्रकाशित : , ०, ०१२:०६

यी राशिका व्यक्तिहरु कहिल्यै पनि स्वीकार गर्दैनन् आफ्नो गल्ती!