एक अध्ययनका अनुसार कोरोना भाइरसको संक्रमण पुरुषको तुलनामा महिला र बालबालिकामा कम हुने बताईएको छ। पुरुषको तुलनामा यस भाइरसबाट ज्यान गुमाउनेमा महिला र बालबालिकाको संख्या निकै कम पाइएको छ ।
‘चाइनीज सेन्टर्स अफ डिजिज कन्ट्रोल’ले गरेको अध्ययनले यस्तो खुलासा भएको हो । यो अध्ययन ४४ हजार कोरोना भाइरस संक्रमित मानिसमा गरिएको थियो ।
अध्ययनका अनुसार २.८ प्रतिशत पुरुष र १.७ प्रतिशत महिलाको कोरोना भाइरसको कारण ज्यान गएको थियो भने यस भाइरसबाट संक्रमित ०.२ प्रतिशत बालबालिकाहरुको ज्यान गएको थियो । ८० वर्षभन्दा बढी उमेर रहेका मानिसको जान जाने १५ प्रतिशत रहेको उक्त अध्ययनबाट खुलासा भयो । यसको मुख्य कारण भनेको महिलाहरुको पुरुषको भन्दा सफा र सन्तुलित जीवनशैली हुनसक्ने स्वास्थ विज्ञ बताउँछन् ।
तर, महिलाको विषयमा देखिएको यस किसिमको आँकडा कुनै नौलो नरहेको वैज्ञानिकहरुले बताएका छन् । कोरोना मात्र नभई अरु प्रकारका संक्रमिक रोगहरुमा पनि पुरुष भन्दा महिलामा संक्रमण कमनै हुने विज्ञहरुले बताए ।
बालबालिकामा भने अभिभावकले धेरै हेरचाह गर्ने भएकोले पनि थोरै संक्रमण भएको हुन सक्ने कतिपय विज्ञको भनाई छ । अभिभावकले उनीहरुलाई बचाउँन सक्दो कोशिश गर्छन् जसले गर्दा, बालबालिकामा यसको जोखिम कम हुने विश्वास गरिएको छ।