अस्ट्रेलिया लग्दिन्छु भन्दै करोडौ ठगी गर्ने राजेश र ललित पक्राउ!

काठमाडौँ – अस्ट्रेलिया र दुबई पठाइदिने प्रलोभनमा पारि लाखौं ठगी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । धनुषाका २४ वर्षीय राजेश शाह र कपनका ललित तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

शाहलाई महानगरीय अपराध अनुसन्धान महाशाखा र तामाङलाई काठमाडौं प्रहरी परिसर, टेकुले पक्राउ गरेको हो ।

शाहले सप्तरी र धनुषाका ३२ जना युवालाई दुबई लैजान्छु भनेर ठगी गरेका  उनले प्रतिव्यक्ति एक लाख ८० हजार रुपैयाँ उठाएको र तामाङले अस्ट्रेलिया पठाउँछु भनी प्रतिव्यक्ति ४० लाख रुपैयाँ उठाएको  काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीले बताए ।

यस्तै, माल्टा र कुवेत पठाइदिन्छु भन्दै करोडौं रुपैयाँ ठगी गर्ने एक व्यक्तिलाइ प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाण्डाैकाे टोलीले माल्टा र कुवेत पठाइदिन्छु भन्दै थुप्रै व्यक्तिबाट २ करोड ५० लाख ठगी गर्ने अर्घाखाँचीका ३८ वर्षीय बाबुराम श्रेष्ठलाई शुक्रबार नेपालगञ्जबाट पक्राउ गरि आइतबार सार्वजनिक गरेको छ । पक्राउ परेका श्रेष्ठले माल्टाका लागि २६ जनासँग प्रतिव्यक्ति रु १० लाख र कुवेतका लागि ३४ जनासँग प्रतिव्यक्ति ६ लाख लाग्छ भनी ठगी गरेको अनुसन्धानमा खुलेको छ’,परिसरका प्रवक्ता, प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले बताए ।

श्रेष्ठले माल्टा जानेसंग ६-६ लाख र कुवेत जानेसंग ३-३ लाख उठाइसकेको  प्रहरीले  बताएको छ । माल्टामा प्रतिमहिना बाह्र सय युरो र कुवेतमा प्रतिमहिना बाईस सय  दिनार कमाइ हुने आश्वासन श्रेष्ठले पीडितलाई दिएका थिए । पक्राउ परेका श्रेष्ठसँग विदेश पठाउन प्रयोग गरिने नक्कली कागजात तथा ५६ थान विभिन्न व्यक्तिका राहदानी बरामद गरेको पनि प्रहरीले जनाएको छ ।

प्रकाशित : , ०, ००७:४०

लामो समयदेखि वितरणमा ढिलाइ भइरहेको ‘स्मार्ट लाइसेन्स’ धमाधम वितरण शुरु