कोरोनाको कारण इटालीमा एकै दिनमा १३३ जनाको ज्यान गयो! ६० लाख भन्दा बढी मानिसलाई क्वारन्टाइनमा बस्न आदेश

एजेन्सी- कोरोना भाइरसबाट इटालीमा एकै दिनमा १३३ जनाको ज्यान गएको छ । यससँगै इटालीमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउँनेहरुको संख्या ३६६ पुगेको त्यहाँका अधिकारीहरुले बताएका छन् । ‘सिभिल प्रोटेक्शन एजेन्सी’का अनुसार संक्रमितको कुल संख्या ५,८८३  बाट २५ प्रतिशतले बढेर ७,३७५ पुगेको छ ।

योसंगै प्रधानमन्त्री जेपे कोन्टेले अप्रिल ३ सम्म लागू  हुनेगरी स्कूल, जिम, संग्रहालयहरू, नाइट  क्लबहरू बन्द गर्न निर्देशन दिइसकेका छन्। त्यहाँ कोरोनाको त्रास निकै बढेपछि लोम्बर्डी र १४ वटा प्रान्तका एक करोड ६० लाख भन्दा बढी मानिसलाई क्वारन्टाइनमा बस्न आदेश दिइएका छन्।

पछिल्लो तथ्यांकको अनुसार, इटालीमा अहिले चीन बाहिर पुष्टि भएका सबैभन्दा बढी संख्यामा कोरोना संक्रमित व्यक्तिहरु छन्। लोम्बर्डी क्षेत्रमा सबैभन्दा बढी संक्रमित रहेका कारण त्यहाँका सबै मानिसमा कोरोना भाइरसको परिक्षण भइरहेको पनि  प्रधानमन्त्री जेपेले बताएका छन्।

यससँगै इटालीले विभिन्न देशबाट आउने र जाने विमानमा पनि अस्थायी रूपमा प्रतिवन्ध लागएको छ । इटालीको सरकारी ध्वजावाहक एलइटालियाले मल्पेन्सा विमानस्थलबाट हुने सबै उडान सोमवारबाट रद्द गरिने र लिनाटे विमानस्थलमा आन्तरिक उडान मात्र हुने जनाएको छ।

विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या १ लाखभन्दा बढी पुगिसकेको र यसबाट ज्यान गुमाउँनेको संख्या ३५०० कटिसकेको छ । यो भाइरसबाट चीनमा ८० हजार भन्दा बढी मानिसहरु संक्रमित भएका छन् ।

प्रकाशित : , ०, ००६:३९

सुडानका प्रधानमन्त्री हामडोकमाथि आक्रमणको प्रयास