मुख्यमन्त्री गुरुङद्वारा होलीपर्वको शुभकामना सन्देश जारी

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले फागुपूर्णिमा (होलीपर्व) को अवसरमा स्वेदश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि एवं सुवास्थ्यको शुभकामना व्यक्त गरेका छन्।

आज शुभकामना सन्देश जारी गर्दै उहाँले पर्वले एकआपसमा बन्धुत्व, प्रेम र आपसी सद्भाव बढाइ शान्त, समृद्ध एवं समुन्नत नेपाल बनाउन सबैमा प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामनासमेत गरेका छन् ।

बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देश संविधानतः धर्मनिरपेक्ष राष्ट्र घोषणा भएको सन्दर्भमा यस्ता विविधतायुक्त सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्वपूर्ण योग्दान दिँदै आएको सन्देशमा मुख्यमन्त्री गुरुङले उल्लेख गरेका छन् ।

जबर्जस्ती लोला हान्नेलाई पक्राउ गरिने, उपत्यकाका सडकमा २२ सय प्रहरी खटिँदै

काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण विश्वभर फैलिँदै गएपछि जोखिम कम गर्न भन्दै यसपटकको होलीलाई उत्सवका रूपमा मनाउन निषेध गरेको छ । कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएपछि सरकारले ठूला सभा समारोह, भेला तथा कार्यक्रम गर्न रोक लगाएकामा होलीका दिनमा समेत यसपटक सामूहिक रूपमा भेला हुने, भीडभाड गर्ने, लोला पानी हान्ने, रङ दल्ने लगायत गतिविधि नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । गृह मन्त्रालयले शनिबार विज्ञप्तिमार्फत यस्ता गतिविधि नगर्न आग्रह गरेको थियो ।

प्रहरीले भने सरकारको निर्देशनको पालना गराउन र होलीका दिनमा हुन सक्ने सम्भावित चुनौती कम गर्न काठमाडौं, भक्तपुर र ललितपुरमा गरी २२ सय बढी प्रहरी परिचालन गर्ने तयारी गरेको छ । राजधानी राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित यो समाचार सूर्यप्रकाश कँडेलले लेखेका हुन्।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले उपत्यकाको होली सुरक्षाका लागि तीनै जिल्लामा गरी २२ सय बढी प्रहरी खटाउने भएको हो, जसअनुसार काठमाडौंमा १३ सय, ललितपुरमा ५ सय तथा भक्तपुरमा ४ सय प्रहरी खटिनेछन् । त्यसबाहेक सडकमा ट्राफिक प्रहरीसमेत उल्लेख्य रूपमा परिचालन गरिनेछ । उपत्यकाका तीनै जिल्लामा गरी ६ सय ट्राफिक प्रहरी परिचालन हुनेछन् ।

प्रकाशित : , ०, ००४:४०

कोरोनाका कारण कतारले लगायो नेपाल सहित १४ देशका नागरिकहरुको प्रवेशमा निषेध