काठमाडौँ – चीन हुँदै विश्वका सय भन्दा बढी देशमा फालिसकेको कोरोनाका कारण नेपालमा नाकाबन्दी हुन सक्ने देखिएको छ। विश्वभरी सन्त्रास फैलाएको कोरोना भाइरस नेपाल प्रवेश गरे नेपालमा नाकाबन्दी हुन सक्ने सरोकारवालाले आशंका व्यक्त गरेका हुन्।
नेपाल चेम्बर अफ कमर्समा भएको एक कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रकुमार श्रेष्ठले नेपालमा केहि दर्जन व्यक्तिहरुमा कोरोना देखिएको अवस्थामा नेपाल नाकाबन्दीको चपेटामा पर्ने बताए।
यदि नेपालमा कोरोना संक्रमित देखिहाले नेपालको अवस्था केहि वर्ष अगाडी भारतले लगाएको नाकाबन्दी भन्दा भयाभह अवस्था शिर्जना हुने तर्फ उनले संकेत गरे।
उनले भने,”भूकम्पपछि नेपालले व्यहोरेको नाकाबन्दी पीडादायी छ । ३०, ४० जनामा मात्रै कोरोना भाइरसको संक्रमण देखिएमा त्यो भन्दा ठूलो पीडा हुन सक्छ।”
विश्वका १०० भन्दा बढी देशमा पुग्यो कोरोना भाइरस !
विश्व स्वास्थ्य सङ्गठनले आइतबार बिहान दिएको तथ्याङ्क अनुसार कोभिड–१९ विश्वका १०१ मुलुकमा फैलिइसकेको छ । विश्वभर एक लाख पाँच हजार ८३६ पुगेको छ भने यसका कारण तीन हजार ५९५ व्यक्तिको मृ-त्यु भएको छ । ग्रीनविच समय अनुसार शनिबार साँझ ५ बजेपछि करिब २४ घण्टामा विश्वभर थप सङ्क्रमितको सङ्ख्या एक हजारभन्दा बढी रहेको र ३९ जनाको मृ-त्यु भएको बताइएको छ ।
डिसेम्बरमा चीनको मध्य क्षेत्रमा कोरोना भाइरसको सङ्क्रमणको पुष्टि भएपछि विश्वभर चिन्ताको बिषय बनेको यस स्वास्थ्य समस्याका कारण एशियामा सबैभन्दा बढी ८९ हजार ५२५ जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमणका कारण शनिबारसम्म एशियामा तीन हजार १६२ जनाको मृ-त्यु भएको छ ।
त्यस्तै यूरोपमा कोभिड–१९ सङ्क्रमित सङ्ख्या नौ हजार ६६५ रहेको छ भने २६३ जनाको मृ-त्यु भएको छ । मध्यपूर्वमा छ हजार १५८ सङ्क्रमित व्यक्ति रहेका छने भने १४९ को मृ-त्यु भएको छ । अमेरिका र क्यानडामा गरी कूल २७० जनामा सङ्क्रमण पुष्टि भएको छ भने १६ जनाको मृ-त्यु भएको छ ।