मार्च महिना शुरु भइसकेको छ। अन्य महिना झैं यस महिनामा ग्रहचक्रमा विभिन्न परिवर्तन हुनेछन्। महिनाभर हुने विभिन्न ग्रहको राशि परिवर्तनले हरेक राशिमा भिन्न-भिन्न प्रभाव पर्नेछ।
मुख्यतः मार्च महिनामा सूर्य, मंगल, वृहस्पति र शुक्रको राशि परिवर्तन परेको छ। । लगभग ४५ दिन पछि मंगलले राशि परिवर्तन गर्न लागेको हुँदा केहि राशिहरुलाई यस महिना धेरै शुभ हुन सक्छ। कुन ग्रहको राशि परिवर्तन कहिले छ ? हेर्नुहोस् केहि जानकारी
ग्रहचक्रमा महिनाभर केके परिवर्तन हुन्छन् ?
सूर्य
सूर्यको राशि परिवर्तन हरेक महिना हुने गर्छ। सूर्यको राशि परिवर्तनकै आधारमा हिन्दु महिना(वैशाख-चैत) निर्धारण हुने गर्छ। सूर्यले एक राशिबाट अर्को राशिमा प्रवेश गरेसँगै नयाँ महिना लागेको मान्ने चलन छ। सूर्यको राशि परिवर्तन मार्च महिनाको १४ तारिखमा परेको छ। त्यस दिनबाट कुम्भ राशिबाट मीन राशिमा सूर्यको प्रवेश हुनेछ।
चन्द्र
चन्द्र लगभग सवा दुई दिनमा राशि बदल्ने गर्छ। सबै ग्रहहरु भन्दा छिटो राशि परिवर्तन गर्ने हुँदा चन्द्रले राशिचक्रमा पार्ने प्रभाव पनि सवा दुई दिनमा परिवर्तन हुने गर्छ।
मंगल
मंगल ऊर्जाको प्रतिक हो। मंगल जातकका व्यक्तिहरु धेरै नै जाँगरिला हुन्छन्। मंगल मार्च २२ मकर राशि प्रवेश गर्नेछ। मार्च २२ अपराह्न ३ बजेर १७ मिनेटमा मकरको मकर राशिमा प्रवेश हुनेछ।
बुध
कुण्डलीमा बुधको उपस्थितले मानिसहरुलाई विद्वान बनाउँछ। बुधले जनवरी ३१ मा कुम्भ राशिमा प्रवेश गरेको थियो । बुधको उक्त राशि परिवर्तनको प्रभाव मार्चमा पनि रहनेछ। यधपी मार्च महिनामा बुधको कुनै पनि राशि परिवर्तन छैन।
शुक्र
जीवनमा सुख र समृद्धि शुक्रको शुभ प्रभावबाट मिल्ने गर्छ। शुक्र मार्च २८ बाट मेष राशिबाट वृष राशिमा प्रवेश गर्नेछ । यस्तो हुँदा सबै राशिलाई फरक-फरक असर पर्न सक्छ।
शनि
मार्चमा शनिको कुनै पनि राशि परीवर्तन छैन । लगभग साढे दुई वर्षपछि जनवरीमा शनिले राशि परिवर्तन गरेक थियो। हाल शनि मकर राशिमा छ।
बृहस्पति
मार्च महिनामा सन् २०२०कै पहिलोपटक बृहस्पतिले राशि परिवर्तन गर्दैछ। मार्च ३०का दिन बिहान ६ बजेर १५ मिनेट जाँदा बृहस्पति धनु छाडेर मकर राशिमा प्रवेश गर्नेछ।
यी ग्रहचक्रमा हुने प्रतक्ष्य परिवर्तनको कारण राशिहरुलाई पर्ने समग्र असरको आधारमा महिना सबै भन्दा निम्न तीन राशि हुनेहरुलाई फाइदाजनक सावित हुन सक्छ।
मेष राशि:
मार्च महिनामा यस राशिका व्यक्तिहरुको व्यवसायका लागि लाभदायक सावित हुनेछ। प्रगति हुने पनि संकेत देखिएको छ। पैसा बचत गर्न सक्षम हुने देखिन्छ। यो महिना प्रेम मामिलाहरुका लागि पनि निकै शुभ रहनेछ। बच्चाहरुको अध्ययनमा रुचि बढ्ने छ, जसको कारण राम्रो परिणामहरु देखा पर्नेछ।
कर्कट राशि:
परिवारमा पनि खुसीको वातावरण रहने देखिन्छ। रोजगारमा पदोन्नतिका लागि धेरै अवसरहरू प्राप्त गर्नुहुनेछ। यात्राका लागि पनि राम्रो रहेको हुदा, यस महिना यात्रा गर्न सक्नुहुनेछ। यस महिनामा व्यापारीहरुले पनि राम्रो नाफा कमाउनुका साथै पैसा बचत पनि हुने देखिन्छ। विद्यार्थीहरूले शिक्षामा राम्रो परिणामहरु प्राप्त गर्नेछन्।
सिंह राशि:
परिवारमा कुनै प्रकारको समारोह हुन सक्ला। प्रेम जीवन सुखमय रहनेछ। यस महिना सिंह राशिका व्यक्तिहरुको भविष्यका लागि शुभ महिना सावित हुनेछ। काम तथा व्यवसायमा प्रगति हुने देखिन्छ। यस महिना विद्यार्थीहरूले पनि आफ्नो कडा परिश्रमको फल प्राप्त गर्नेछन्। स्वास्थ्यमा पनि सुधार हुने देखिन्छ।