बंगलादेशमा पनि देखियो कोरोना !

एजेन्सी- गत वर्षको डिसेम्बरबाट विश्वभर त्रास फैलाईरहेको कोरोना भाइरसको संक्रमण बंगलादेशमा पनि देखा परेको छ । बंगलादेशमा कूल ३ जनामा कोरोनाको संक्रमण देखिएको हो । बंगलादेशको अनलाईन मिडिया ‘द डेल्ली स्टार’ का अनुसार संक्रमित सबैलाई  कुर्मितोला अस्पतालमा राखिएको छ ।

संक्रमित मध्य दुई जना एकै परिवारको रहेको बताइएको छ र उनीहरु इटालीबाट फर्केको पनि भनिएको छ । बंगलादेशमा कोरोनाको संक्रमित फेला परेको यो पहिलो पटक हो । यस अघिसम्म त्यहाँ यो खतरनाक भाइरसको संक्रमण देखिएको थिएन ।

गत वर्षबाट देखा परेको यो भाइरस अहिलेसम्म १०० भन्दा बढी देशमा फैलिसकेको छ भने  विश्वभर लाखौँ संख्यामा यसको संक्रमित छन् । यस्तै ३५००  भन्दा बढी मानिसहरुले कोरोना भाइरसका कारण ज्यान गुमाईसकेका छन् । यो भाइरसको सबैभन्दा बढी संक्रमित चीनमा ८० हजार भन्दा बढी संक्रमित मानिस छन् भने  कोरियामा  ७ हजार भन्दा बढी र इटाली र इरान मा  ५ हजार भन्दा बढी मानिस  यस भाइरसबाट संक्रमित छन् । यस लगायत थुप्रै देशमा हजारौंको संख्यामा कोरोनाको संक्रमित छन् ।

नेपालमा भने अहिले सम्म यसको संक्रमण देखा परेको छैन । तर विश्व स्वास्थ संगठनका अनुसार नेपाल पनि उच्च खतरायुक्त क्षत्रमा रहेकोले सबैले सावधनी अपनाउन जरूरी छ । सरकारले पनि सबै मानिसमा सावधानी अपनाउन अनुरोध गरेको छ ।

प्रकाशित : , ०, ०११:०६

कोरोनाको कारण इटालीमा एकै दिनमा १३३ जनाको ज्यान गयो! ६० लाख भन्दा बढी मानिसलाई क्वारन्टाइनमा बस्न आदेश