काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दिने समीक्षा संग्रौलालाई आफ्नो भन्दा पनि प्रधानमन्त्रीको चिन्ता छ। समीक्षाले आफ्नो भन्दा पनि प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बारे चिन्ता व्यक्त गरेको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी गराएका छन्।
रिमालले सामाजिक संजाल मार्फत संग्रौलाले आफ्नो भन्दा पनि प्रधानमन्त्रीको स्वास्थ्य बारे चिन्ता लिएको जानकारी गराएका हुन्। आफूसँगको भेटमा संग्रौलाले प्रधानमन्त्रीलाई भेट्ने इच्छा प्रकार गरेको रिमालले सामाजिक संजाल ट्वीटरमा उल्लेख गरेका छन्।
“प्रधानमन्त्रिज्युलाई मिर्गौला दानदिने भान्जी समिक्षा संग्रौलालाई सोधें-कस्तो छ? मलाई त ठीक छ, मामालाई चाँहि कस्तो छ?एकपटक मामालाई भेट्न मन लागेको छ।”,समीक्षाले दिएको उत्तर ‘कोट’ गर्दै रिमालले लेखेका छन्।
नाताले मामा पर्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने इच्छा राखेकी समीक्षालाई आफूले प्रधानमन्त्रीलाई भेट्ने तपाईं पहिलो ‘भिजिटर’ हुनुहुनेछ भने आफूले उत्तर दिएको पनि रिमालले ट्वीटरमा उल्लेख गरेका छन्। “मैले भने- तपाई पहिलो भिजिटर हुनुहुनेछ।”,रिमालले लेखेका छन्।
यस्तै रिमालले आफ्नोभन्दा प्रधानमन्त्रीको स्वास्थ्यको चिन्ता लिने समीक्षा सम्मान प्रकट गरेको पनि रिमालको भनाई छ। सम्मान प्रकट गर्दैै समीक्षा भर्ना भएको वार्डबाट आफू निस्किएको पनि रिमालले ट्विटरमा उल्लेख गरेका छन्।
प्रधानमन्त्रिज्युलाई मिर्गौला दानदिने भान्जी समिक्षा संग्रौलालाई सोधें-कस्तो छ? मलाई त ठीक छ, मामालाई चाँहि कस्तो छ?एकपटक मामालाई भेट्न मन लागेको छ।
मैले भने- तपाई पहोलो भिजिटर हुनुहुनेछ।आफ्नोभन्दा प्रमको स्वास्थको चिन्ता लिने उहाँको भावनाप्रति सम्मान प्रकट गर्दै वार्डबाट बहिरिए।— Bishnu Rimal (@BishnuRimal) March 8, 2020