छिट्टै आमा बन्न लागेकी यी चर्चित गायिकाको विवाह ‘पोस्टपोन’!

दुई दिन पहिला नयाँ म्युजिक भिडियो  रिलीज गर्दै  केटी पेरीले आफु आमा बन्न लागेको कुरा खुलासा गरेकी थिइन्। र उनि छिट्टै बच्चालाई जन्म दिदैछिन्।  ४३ वर्षीय अरलैंडो ब्लूमसँग रिलेशनमा रहेकी केटिको यो पहिलो बच्चा हो । अघिल्लो वर्ष  ब्लूमसँग उनले इन्गेजमेन्ट गरेकी थिइन् र यस वर्ष बिहे गर्दै छन् ।

तर अब यो खबर आईरहेको छ कि कोरोना भाइरसको बढ्दो संक्रमणको कारण केटी र ब्लूमले बिहेको मिति अगाडी बढाएका छन्।  दुवैले जापानमा  डेस्टिनेशन वेडिंग गर्ने फैसाला लिएका थिए। जापानमा पनि कोरोनाको संक्रमण बढिरहेको छ । यस्तैमा  केटीले आफ्नो विवाह पोस्टपोन गर्नु नै ठिक सम्झिईन् । चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म संसारको धेरै देशमा फैलिसकेको छ। कोरोना भाइरसको कारण अहिलेसम्म संसारभरका  करिब तीन हजारभन्दा धेरै मान्छेको मृत्यु भईसकेको छ ।

केटि अघिल्लो वर्ष नोवेम्बरमा  भारत आएकी थिइन् । करिब २५ हजार दर्शकको  खचाखच भरेको  डीवाई पाटिल स्टेडियममा  पप स्टार केटी पेरी र दुआ लिपाले पर्फमेन्स दिएका थिए। योभन्दा पहिला मुम्बईमा करण जौहरले पार्टी दिएका थिए र त्यस पार्टीमा थुप्रै बलिउड सेलिब्रेटी उपस्थित थिए । केटी सिंगर, सन्ग राइटर, म्यूजिशियन र स्टेज परफर्मर हुन् । जुलाई, २०१९ पछि  केटी ट्विटरमा तेस्रो धेरै फलो हुने सेलिब्रिटी हुन् र उनलाई १०८.४ मिलियनले फलो गरेका छन् । केटी एक सामाजिक कार्यकर्ता पनि हुन् । उनी  होमोसे-क्सुअल मान्छेको लागि काम गर्छिन्।

प्रकाशित : , ०, ०११:३२

आफुमाथि ५ लाख ठगिको आरोप लागेपछि अनमोलले खोले मुख, दिए यस्तो स्पष्टिकरण!