काठमाडौँ, फागुन २५ । कोरोना भाइरसका कारण अहिले संसारभरका मानिस आ-तंकित बनिरहेका छन्। कोरोना भाइरस सबैभन्दा पहिला हेबेई प्रान्तको वुहान उद्गम भएर संसारभर फैलिएको हो ।
चिनिया सरकारले कोरोना भाइरसका संक्रमित मानिसलाई छुट्टै अस्पताल तथा क्वारेन्टाइन भवनमा राखिरहेको छ। हालै कोरोना संक्रमित राखिएको ५ तले क्वारेन्टाइन भवन भत्किएको छ ।
बीबीसीले जनाएअनुसार, क्वारेन्टाइनका रूपमा विकास गरिएको ५ तले होटलको भवन भत्किँदा झण्डै ७० जना मानिस त्यहाँ फसेका थिए। ति मध्ये ४७ जनाको उद्धार गरिएको छ भने अन्य व्यक्तिको उद्धार प्रयास भइरहेको जनाइएको छ ।
फुजियानको दक्षिणी प्रान्तमा अवस्थित क्वारेन्टाइन स्थल भत्किएको हो ।
सुविधासम्पन्न पाँचतले सिन्जा होटल एक्कासी भत्किएपछि त्यहाँ वरिपरिका सबै मानिस डराएका थिए । होटल भत्कनुको कारण अहिलेसम्म खुलेको छैन ।