३४ विद्यार्थीलाई ब्लेडले हात चिर्न लगाउने जागृति एकेडेमीकी शिक्षिका पक्राउ!

फागुन २४ । काठमाडौँको जडीबुटीस्थित जागृति एकेडेमीमा ३४ बिद्यार्थीको हात ब्लेडले चिर्न लगाएको आरोपमा सोहि स्कुलकी शिक्षिका सीतालक्ष्मी कर्माचार्यलाई पक्राउ गरेको छ ।

बिद्यार्थी माथि अमानवीय गरेको आरोपमा बानेश्वर प्रहरी वृत्तको टोलीले उनलाई शनिबार दिउँसो नियन्त्रणमा लिएको हो ।  कर्माचार्यमाथि अ-भद्र वा अमानविय या-तनाको विषयमा मुद्दा चलाउनेबारे अनुसन्धानपछि टुंगो लाग्ने प्रहरीले जनाएको छ । विद्यार्थीहरुका हातमा एकभन्दा धेरै ठाउँमा ब्लेडले चिरा पारेको देखिएपछि घटना बाहिर आएको थियो।

विद्यालयबाट अवकाश:

विद्यालयले पनि सीतालक्ष्मी कर्माचार्यलाई अवकास दिईसकेको छ । घटना बाहिर आएपछि विद्यालयले शिक्षिका कर्मचार्यलाई शुक्रबारको मितिबाट लागू हुने गरी अवकास दिएको हो ।

शिक्षिका सीतालक्ष्मी कर्माचार्यले बिहिबार राम्रो नम्बर ल्याउन नसकेको भन्दै ३४ विद्यार्थीलाई बेन्चमा उभ्याएर सिसाकलम तिखार्ने ब्लेडले हात चिर्न लगाएकी थिइन्।  हात चिरिएकामध्ये २५ विद्यार्थी कक्षा ६ र ९ जना कक्षा ७ का थिए । कर्माचार्यले १२ वर्षदेखि सोसल साइन्स पढाउँदै आएकी थिइन्।

कर्माचार्यले गत साता ६ र ७ कक्षाका विद्यार्थीलाई २० पूर्णाङ्कको कक्षा परीक्षा लिएकी थिइन् । उनले परीक्षाकै बेला राम्रो नम्बर नल्याउनेको हात चिरिदिने भन्दै ध-म्की दिएकी थिइन् । धम्कीअनुसार नै उनले राम्रो नम्बर ल्याउन नसकेका विद्यार्थीलाई हात चिर्न लगाएको र निर्देशन नमाने आफैँ चिरिदिने धम्की दिएकी थिइन्। त्यसपछि  आ-आफ्नो हात काटेको विद्यार्थीले बताएका थिए  ।

विद्यालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सामाजिक शिक्षिका कर्माचार्यलाई शिक्षक पदबाट अवकास दिने निर्णय गरेको हो। अहिले सामाजिक संजालमा शिक्षिका सीतालक्ष्मी कर्माचार्यको विरोध भैरहेको छ।

प्रकाशित : , ०, ०११:४६

कोरोना ग्रस्त चीनका राष्ट्रपतिले ओलीलाई पठाए सन्देश, गरे शीघ्र स्वास्थ्यलाभको कामना !