एजेन्सी – विश्वका विभिन्न देशमा समेत गरी कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या एक लाख नाघेको छ। विश्वभर हाल कोरोना संक्रमितहरु १ लाखभन्दा बढी पुगेको समाचार विभिन्न सञ्चारमाध्यमहरुले दिएका छन् ।
गत डिसेम्बरको अन्त्यबाट चीनको हुबेई प्रान्तको उहान शहरबाट शुरु भएको यस कोरोना भाइरस सङ्क्रमणबाट चीनमा मात्र तीन हजारभन्दा बढीको ज्यान गएको छ ।
अधिकारीहरुले विभिन्न देशबाट जारी गरेका सूचनाहरुको अध्ययनमा यस भाइरसको सङ्क्रमणबाट ज्यान जाने व्यक्तिको संख्या शनिबारसम्म ३ हजार ५०० नाघेको छ । यस भाइरसको सङ्क्रमण ९२ ओटा देशमा फैलिएको छ ।
कोरोना भाइरसको संक्रमणबाट मुक्त भएर घर फर्किनेहरुको संख्या पनि उच्च देखिएको छ। विज्ञहरुले यसलाई सुखद संकेतको रुपमा लिन सकिने बताइरहेका छन्।
पछिल्लो तथ्याँक अनुसार अहिले सम्म ५७ हजार भन्दा बढी कोरोना भाइरस संक्रमित निको भएर घर फर्किएका छन्। ५७ हजार चार समय भन्दा बढी कोरोना भाइरस संक्रमित निको भएर घर फर्किएको तथ्याँक छ।
प्रतिशतमा हिसाब गर्दा सम्पूर्ण कोरोना संक्रमितमा निको भएर घर फर्किनेको संख्या ५६ प्रतिशत भन्दा बढी हुन आउँछ। ५६ प्रतिशत भन्दा बढी कोरोना संक्रमित निको भएर घर फर्किसकेको अवस्थालाई सुखद मान्न सकिने भएता पनि कोरोनाको त्रास घटेको भन्न भने नमिल्ने विज्ञहरु बताउँछन्। स्मरण रहोस्,केहि दिन अगाडी मात्रै कोरोना संक्रमण मुक्त भएर घर फर्किएका एक व्यक्तिको चीनमा कोरोना भाइरसकै कारण ज्यान गएको थियो।