काठमाडौं । पूर्वराजा वीरेन्द्र शाहको निजी निवास सबैका लागि खोल्ने भएको छ। जसका कारण, अब सर्वसाधारणले पनि पूर्वराजा वीरेन्द्र शाह बस्ने गरेको निजि निवास अवलोकन गर्न पाउने भएका छन्। नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले चैत १ गते देखि गणतन्त्र स्मारक सञ्चालन गर्ने निर्णय गरेसंगै पूर्वराजा वीरेन्द्रका निजि निवास पनि खुला गर्न लागेको हो।
केहि वर्ष अघिनै नारायणहिटी दरबार संग्रहालय सर्वसाधारणका लागि अवलोकन गर्न खुला गरिएका भए पनि बिरेन्द्रका निजि निवास भने सर्वसाधारणका लागि खुला गरिएको थिएन। विकास समितिका अनुसार, ‘वैशाख १ गतेबाट वीरेन्द्रको निवास सबैका लागि खोल्ने र अवलोकन गर्नसक्ने गरी प्रबन्ध मिलाइएको छ’।
साथै, गणतन्त्र स्मारक पनि चैत १ गतेदेखि सर्वसाधारणका लागि खुला हुने भएको छ। नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालक विकास समिति अनुसार केहि महिना अघि मात्रै उद्घाटन भएको गणतन्त्र स्मारक यहिँ आउदो चैत १ गतेदेखि खुला गर्न लागिएको हो। चैत १ गते खुल्न गर्न लागिएको भएता पनि, गणतन्त्र स्मारक नारायणहिटीसँगै निर्माण गरिएको थियो।
गणतन्त्र स्मारक बिहान ८ देखि बेलुकी ४ बजेसम्म खुला रहने समितिले जनाएको छ। समितिका अनुसार, ‘पहिलो १ महिना भने निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ’।
९ वर्षमुनिका विद्यार्थी तथा ७० वर्षका ज्येष्ठ नागरिकहरुका लागि भने कुनै प्रवेश शुल्क नलाग्ने, विकास समितिले जनाएको छ। विद्यार्थी, स्वदेशी, सार्कका विदेशी र त्यसबाहेकका देशका नागरिकहरुका लागि ४ वर्षमा विभाजन गरी शुल्क निर्धारण गरेको समितिले जनाएको छ। समितिका अनुसार, शुल्क ५० रुपैयाँदेखि १००० सम्म तोकिएको छ।