अफगानिस्तानमा अन्धाधुन्दा गोली चल्यो: कम्तीमा ३१ को मृत्यु, ५५ घाइते !

अफगानिस्तानको राजधानी काबुलमा एउटा भीडमा गो-ली प्र-हार हुँदा कम्तीमा ३१ जनाको मृ-त्यु भएको छ ।

घटनामा परी ५५ जना घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् । गृह मन्त्रालयका अनुसार राजधानी कावुलको पश्चिमी क्षेत्रमा शुक्रबार घटना भएको हो । “हामीलाई प्राप्त प्रारम्भिक सूचनाअनुसार घटनामा परी कम्तीमा ३१ जनाको मृ-त्यु भएको छ, मृ-त्यु हुनेमा महिला र बालबालिका पनि रहेका छन् ”, गृह मन्त्रालयका प्रवक्ता नसरत राहिमीले भने ।

स्थानीय टोलो न्यूज टेलिभिजनसँगको कुराकानी क्रममा उनले कावुलको डास्टी बार्चीमा शुक्रबार भएको यो आतङ्कारी आ-क्रमणमा परी ५५ जना घाइते भएको पनि जानकारी दिए।

सांस्कृतिक तथा धार्मिक भवनको रुपमा रहेको मोसल–ए–सहिद मजारीमा एउटा कार्यक्रम भइरहेको बेला अन्धाधुन्दा गो-ली प्र-हार भएको थियो । स्थानीय समयअनुसार बिहान ११ः२० बजे घटना भएको अधिकारीहरूले जनाएका छन् ।

घटना भएका बेला अफगान उच्च शान्ति परिषद्का अध्यक्ष कारिम खालीलीले सम्बोधन गरिरहेका थिए । आ-क्रमणमा अफगानीस्तानी राष्ट्रिय प्रहरीअन्तर्गतको संकट व्यवस्थापन एकाइ (सीआरयु) का प्रहरीहरुले लगातार प्रतिआ-क्रमण गरेका थिए ।

कार्यक्रमस्थलमा सहभागीमध्ये अधिकांश राजनितिज्ञ तथा सरकारी अधिकारीहरू रहेका थिए । कार्यक्रममा सहभागी सरकारका प्रमुख कार्यकारी अब्दुलाअब्दुला, खालीली, पूर्वराष्ट्रपति हमिद कारजाइलगायतलाई सुरक्षाकर्मीले सकुशल उद्धार गरेका थिए ।

जिहादी नेता अब्दुल अली–मजारीको वार्षिकीका अवसरमा आयोजित स्मृतिमा आ-क्रमणको घटना भएको हो । आ-क्रमणका बारे आइएसआइएलले जिम्मेवारी लिएको छ ।

अफगानिस्तामा गत सन् २०१९ मा मात्रै यु-द्धसम्बन्धी घटनामा परी तीन हजार ४०० भन्दा बढी नागरिक मा-रिएका छन् भने अरु छ हजार ९०० जना घाइते भएको संयुक्त राष्ट्रसङ्घको अपगानिस्तानस्तित नियोगले जनाएको छ ।

प्रकाशित : , ०, ००७:१५

कोरोना भाइरस: ५७ हजार भन्दा बढी संक्रमित निको भएर घर फर्किए !