चट्याङ लागेर श्रीमानको मृत्यु, श्रीमती गम्भीर !

हेटौँडा – मकवानपुरको भीमफेदीमा आज बिहान चट्याङ लागेर एक जनाको मृ-त्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।

भीमफेदी गाउँपालिकाको च्याउखोला भन्ने ठाउँमा चट्याङ लागेर स्थानीय २३ वर्षीय विजय स्याङ्तानको उपचारका क्रममा मृ-त्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार उनकी २२ वर्षीया श्रीमती सविना स्याङ्तान उपचार भइरहेको छ ।

जिल्लाको पहाडी क्षेत्रमा अत्यधिक मात्रामा चट्याङका घटना हुने गर्दछ । सरकारी तथा गैह्र सरकारी निकायको चेतना मुलक कार्यक्रम एवम् चट्याङ प्रतिरोधी उपकरण जडानका कारण पछिल्ला वर्षमा चट्याङबाट हुने मृ-त्युदरमा कमी आएको भएतापनि चट्याङका कारण मानवीय तथा अन्य क्षति हुने जिल्लामध्ये मकवानपुर अग्रपङ्क्तिमै रहेको पाइन्छ ।

चट्याङका कारण यस जिल्लामा एक वर्षमा ५०÷६० जनासम्मको मृ-त्यु हुने गरेको तथ्याङ्क छ ।

प्रदेश सरकारले सुरुङमार्ग बनाउँछ :मन्त्री फुयाँल

बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्गको स्थलगत निरीक्षण गरेका छन् ।

मन्त्री फुयाँल वाग्मती प्रदेशको गौरवको योजना हेटौँडा–काठमाडौँ जोड्ने भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणमा भइरहेको कामबारे जानकारी लिन आज निर्माणस्थल पुगेका हुन् । सो क्रममा प्राविधिक टोलीका इञ्जिनीयरिङ भूगर्भशास्त्री ईश्वर दाहालले मन्त्री फुयाँललाई सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार गर्न भइरहेको प्राविधिक अध्ययनको बारेमा जानकारी गराएका छन् । भूगर्भशास्त्री दाहालले सुरुङमार्गको ५० प्रतिशत प्राविधिक अध्ययन गरी सकाएको जानकारी दिए।

उनले करिब डेढ महिनाभित्र सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार हुने र टोपोग्राफिक सर्वे, जियोलोजिकल म्यापिङ सर्वे, ड्रोन सर्वे भइरहेको बताए। जियोलोजिकल सर्वे तीन दिनपछि शुरु हुने उनले बताए। सुरुङमार्गको प्राविधिक अध्ययनको लागि १० डिजाइनिङ, २० सोयल इन्भेस्टिगेशन, पाँच टापोग्राफिक, पाँच जियोफिजिकल र पाँचले ड्रोन सर्वे गरी ४५ कार्यस्थलमा खटिएको भूगर्भशास्त्री दाहालले जानकारी दिए। भीमफेदीदेखि कुलेखानीसम्म ३ दशमलव २१५ किलोमिटर सुरुङ निर्माण हुनेछ ।

प्रकाशित : , ०, ००५:५०

सेती नदीको सुक्खा पहिराले पोखरा खतरामा, भित्र-भित्रै नदेखिने ठूलो ताल बनेको आशंका ![तस्विर सहित]