“छिट्टै म काममा फर्किन्छु” – प्रधानमन्त्रीको सन्देश !

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार भएको छ । सबै सूचक सामान्य छन् । उनलाई तरल र नरम आहार दिन शुरु गरिएको छ । हाल उनलाई शल्यक्रिया कक्षबाट प्रत्यारोपण उपचार कक्षमा राखी उपचारलाई निरन्तरता दिइएको अस्पताल श्रोतले जनाएको छ।

प्रधानमन्त्री ओलीलाई अङ्गदान गर्ने समीक्षा सङ्ग्रौलाको स्वास्थ्य स्थिति सुधारोन्मुख भएको र उनलाई पनि तरल र नरम आहार दिन थालिएको अस्पतालको भनाई छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिकरुपमा सुधार भइरहेको र आफूसँग सङ्क्षिप्त संवाद गरेको प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमालले जनाएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग शल्यक्रिया पश्चात पहिलो पटक कुराकानी गरेको र कुराकानीका क्रममा प्रधानमन्त्रीले आफ्नो स्वास्थ्य तीब्र गतिमा सुधार भैरहेको जानकारी गराइदिन आग्रह गरेको रिमालले ट्वीटर मार्फत जानकारी गराएका हुन्। प्रधानमन्त्रीले छिट्टै काममा फर्किने प्रण गरेको पनि रिमालले जानकारी गराएका छन्।

“सर्जरी पछी आज पहिलो पटक प्रधानमन्त्रिज्यू सँग कुरा गर्ने अबसर मिल्यो। “साथिहरुलाई भनिदिनस, मेरो स्वास्थ्य तीब्र गतिमा सुधार भई रहेको छ। छिट्टै म काममा फर्किन्छु।” धेरै खुशि लाग्यो, शीघ्र स्वास्थ्यलाभको कामना प्रधानमन्त्रिज्यू!”,रिमालले भेट पश्चात सामाजिक संजालमा लेखेका छन्।

प्रकाशित : , ०, ००८:०९

“न्यूनतम पारिश्रमिक लागू गराएरै छाड्नु, नदिनेलाई कारवाही हुन्छ”