कोरोना भाइरसको आशंका गरिएका बिरामी पुगेपछि भागाभाग, ८ तले अस्पताल रित्तियो !

एजेन्सी – चीन हुँदै विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका संक्रमितको संख्या छिमेकि मुलुक भारतमा पनि बढ्न थालेको छ। बिहिबार सम्म भारतमा कोरोना भाश्इरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ३० पुगेको छ ।

प्राप्त पछिल्लो सूचना अनुसार भाइरसबाट सङ्क्रमित सबैभन्दा पछिल्लो व्यक्ति उत्तर प्रदेशको गाजियावादमा भेटिएको अधिकारीहरूले पुष्टि गरेका छन् । यसअघि बिहीबार नै संघीय स्वास्थ्यमन्त्री डा. हर्षबर्धनले यही मार्च ४ देखि अहिलेसम्म २९ जना सङ्क्रमित भएको बताएका थिए । पछिल्ला केहि दिनहरुमा कोरोना भाइरस संक्रमितको संख्या भारतमा बढ्न थालेको स्थानीय संचार माध्यमहरुले जनाएका छन्।

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि भारतमा अहिले त्रासको अवस्था छ। भारतका जनता अहिले धेरैनै त्रसित छन् भन्ने कुरा भारतको राजस्थानस्थित अस्पतालमा घटेको घटनाले पुष्टि गरेको छ।

घटना भारत राजस्थानको जयपुरस्थित राजस्थान युनिभर्सिटी अफ हेल्थ साइन्सेसको हो। त्यहाँ कोरोना संक्रमणको आशंका गरिएका विरामी आएपछि भागाभागनै मच्चियो।

अस्पतालमा कोरोनाभाइरसका संभावित ९ संक्रमित व्यक्ति अस्पताल आएका थिए। जस बारे खबर भएलगतै त्यहाँबाट सम्पूर्ण बिरामी एक-एक गरी बाहिरिए।

बताइएअनुसार, अहिले उक्त अस्पताल लगभग खालि भएको छ। ८ तले भवनमा रहेको उक्त अस्पताल अहिले खालि बनेको भारतका संचार माध्यमहरुले जनाएका छन्। मंगलबार राती कोरोनाभाइरसको संक्रमणको आशंकामा ९ व्यक्ति सो अस्पतालमा पुगेका र त्यसपछि बिस्तारै अन्य बिरामीहरुले अस्पताल छाडेको बताइएको छ।

प्रकाशित : , ०, ००४:५५

अफगानिस्तानमा अन्धाधुन्दा गोली चल्यो: कम्तीमा ३१ को मृत्यु, ५५ घाइते !