काठमाडौँ, फागुन २३ । बिहीबार बेलुका भने बारा जिल्लामा अचम्मलाग्दो दुर्घटना भएको छ । बाइक दुर्घटनामा पर्दा हेटौंडा उपमहानगरपालिका ७ का २८ वर्षीय चालक मिठाराम दुराल घाइते भएका छन्।
मोटरसाइकल चालक दुराल बाराको सिमरा उपमहानगरपालिका १६ स्थित पसाहा पुलको किनारमा उत्तानो परेर लडेका छन् । तर उनको शरीरको आधा भाग सडकपट्टि र कम्मर भन्दा माथिको भाग पुलको किनारातिर पर्यो। अचम्मको कुरा के भन्दा उनले चलाएको ना. १२ प ९१२ नम्बरको मोटरसाइकल दुरालको पेटमाथि चढेको थियो । र उनको नाकबाट रगत बगेको थियो । त्यसपछि प्रत्यक्षदर्शीले उनलाई तत्कालै द्धार गरेर अस्पताल पुर्याएका थिए। यस्तो घटना देखेर प्रहरीहरु पनि चकित परेका छन्।
प्रहरीको अनुसार दुराल दुर्घटनामा परेको स्थान देखि केही पर बा. १३ च १९७६ नम्बरको जीप फेला परेको थियो । त्यसैले उक्त जीपले नै बाइकलाई ठक्कर दिएको हुन सक्ने प्रहरीले आशंका गरेको छ । जीपको अगाडिको भागपनि क्ष-तिग्रस्त छ ।
प्रहरीले जिप चालकलाई नियन्त्रणमा लिएको जानकारी दिए । दुराल कसरी पुलको बारमा उत्तानो परेर लडे र अग्लो बारमा उनको मोटरसाइकल उक्लिएर उनकै पेटमा कसरी चड्यो भन्ने विषय तत्काल ठम्याउन नसकिएको बताए।