एजेन्सी – कोरोना भाइरसको उपचार गरेर घर फर्किएकाहरुमा पुन: सोहि भाइरस देखा पर्न थालेको प्रति चीनका डाक्टरहरुले चिन्ता व्यक्त गरेका छन्।
कोरोना भाइरस संक्रमणको उपचार पश्चात भाइरस मुक्त भई घर फर्किएकाहरुमा पनि पुन भाइरस देखा पर्न थालेपछि डाक्टरहरु चिन्तित भएका हुन्।
उपचार पछि घर फर्किएका एक व्यक्तिको कोरोनाकै कारण ज्यान गएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्। कोरोना मुक्त भई अस्पतालले घर पठाएको एक पुरुषको पाँच दिनपछि उक्त भाइरसकै कारण ज्यान गएको बताइएको छ।
कोरोना आंशकामा फेब्रुअरी १२ मा अस्पताल पुगेका ३६ वर्षीय पुरूषलाई दुई साताको उपचार पछि डिस्चार्ज गरिएको र केहि दिनमै उनको सोहि भाइरसको कारण ज्यान गएको स्थानीय संचार माध्यमहरुले जनाएका छन्।
बताइए अनुसार, डिस्चार्ज भएको केहि दिन पछिनै उनी बिरामी परेका थिए। मार्च २ मा उनलाई तत्काल अस्पताल लगिएता पनि सोहि दिन उनलाई मृ-त घोषणा गरिएको थियो। मृ-त्युको कारण कोरोना भाइरसनै रहेको अस्पतालको भनाई छ।
यसै बीच वुहानको फाङसाङ अस्पतालले बुधबार आपतकालीन सूचना जारी गर्दै उपचार गरेर गएकाहरूमा पनि कोरोना देखिन थालेको भन्दै चिन्ता व्यक्त गरेको छ। अस्पतालले बिहीबारदेखि डिस्चार्ज गर्नुअघि बिरामी पूर्ण निको भए नभएको बारे एन्टिबडी परीक्षण गर्न थालिसकेको छ।
चीनबाट शुरु भएको कोरों भाइरसको संक्रमण ८० भन्दा बढी देशमा फैलिसकेको छ। हालसम्म ३ हजार २ सय भन्दा बढीले यस भाइरसका ,कारण ज्यान गुमाइसकेका छन्।