कोरोनाको त्रासमा बच्चा देखि वृद्ध, हरेकको मुखमा ‘मास्क’ ! [फोटो फिचर]

काठमाडौँ – चीन हुँदै विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणको नेपालमा पनि जोखिम बढेको छ। कोरोना छिमेकि मुलुक चीनमा प्रकोपको रुपमै फैलिएको छ भने अर्को छिमेकि भारतमा समेत कोरोना देखा परिसकेको छ।

विश्वका ७० भन्दा बढी देशहरुमा कोरोनाको संक्रमण देखा परिसकेको हुँदा नेपाल पनि कोरोनाको त्रास छ। अहिले सम्म नेपालमा एक पुरुष बाहेक अन्यमा कोरोना भएको पुष्टि छैन। कोरोना देखिएका व्यक्ति समेत निको भएर घर फर्किसकेका छन्।

कोरोनाको त्रास बढेसँगै काठमाडौँ उपत्यका सहित देशका शहरी क्षेत्रमा मास्कको प्रयोग ह्वातै बढेर गएको छ। जसकारण मास्कको अभाव समेत बजारमा देखा परेको छ।

उपत्यकाका सडक र विभिन्न सार्वजनीक स्थानहरुमा मास्क बिना हिंड्ने कमै भेटिन्छन्।

तस्विर : सरोज दाहाल

प्रकाशित : , ०, ००८:३८

कोरोनाले छिट्टै लिन्छ वृद्ध, दम, मिर्गाैला तथा मधुमेह रोगीको ज्यान, बच्न हात नमिलाई नमस्कार गरौं !