भारतमा पनि फैलियो कोरोना, संक्रमितको सङ्ख्या बढ्यो !

एजेन्गसी – त केहि महिनाबाट विश्वभर फैलीरहेको कोरोन भाइरसबाट संक्रमित हुने मानिसको संख्या लाखौँ पुगिसकेको छ । यस्तै भारतमा पनि कोरोना  भाइरसबाट  संक्रमित हुने को संख्या २८ पुगेको छ । संक्रमित मध्य १६ जना ईटालीबाट आएका पर्यटक रहेका छन् ।

भारतीय स्वास्थ मन्त्रालयका अनुसार कोरोनाबाट संक्रमित हुनेमा ३ जना केराला,१ जना दिल्ली, ६  जना आग्रा, १ जना हैदराबाद र १६ जना पर्यटक र १ जना उनीहरुको ड्राइभर रहेका बताईएको छ । उनीहरुलाई नयाँ दिल्लीमा क्वारेन्टाइनमा राखिएको छ ।

यस्तै कोरोना भाइरसको संक्रमण द्रूत गतिमा फैलिन थालेपछि भारतमा संक्रमितको संख्या बढेको हो । त्यसैले गर्दा भारतले इटाली, इरान, दक्षिण कोरिया र जापानका नागरिकलाई मार्च ३ वा त्यो भन्दा अगाडि दिइएका सबै भिसा रद्द गरेको छ र नयाँ भिसा दिन बन्द गरेको छ ।

उता कोरोनाको त्रास निकै बढेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले होलीमा हुने कार्यक्रममा पनि सहभागी नहुने बताएकाछन् र सर भारतीय नागरिकलाई कोरोनाको संक्रमणबाट बच्न र सावधान रहन आग्रह गरेका छन् ।

प्रकाशित : , ०, ०१२:०७

कोरोना निको भयो भने ढुक्क हुन नसकिने, निको भएर फर्किएका एकको ज्यान गयो !