शिक्षण अस्पतालमा सर्वसाधारण देखि भिआइपी सम्मको भिड ! [फोटो फिचर]

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा चलिरहेको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार मिर्गाैला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीलाई १० बजे शल्यक्रिया कक्षमा लगिएको हो ।

मिर्गौला प्रत्यारोपण गर्न करिब पाँच घण्टा लाग्ने अस्पतालले जनाएको छ । अस्पतालका प्रा डा प्रेमराज ज्ञवालीको नेतृत्वमा १५ देखि २० जनासम्म स्वदेशी चिकित्सक टोली मिर्गौला प्रत्यारोपणमा खटिएको छ ।

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण हुँदै गर्दा सर्वसाधारण, नेकपा कार्यकर्ता तथा नेता र विभिन्न विशिष्ट व्यक्तित्वहरु त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन्।

अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शुभेच्छुकहरुको भिड लागेको छ। अस्पताल क्षेत्रमा देखिएको शुभेच्छुकहरुको उपस्थिति तस्विरमा निम्न छ।

तस्विर : सरोज दाहाल

प्रकाशित : , ०, ००७:१२

बसलाई उछिन्ने क्रममा मोटरसाइकल चालकको ज्यान गयो !