प्रधानमन्त्री ओलीलाई अपरेशन थियटर पुर्याइयो !

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आज मिर्गाैला प्रत्यारोपण हुँदैछ । यसका लागि ओलीलाई अपरेशन थियटरमा लागिएको जानकारी प्राप्त भएको छ।

प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गाैला प्रत्यारोपणका लागि डा प्रेमराज ज्ञवालीको नेतृत्वको चिकित्सक टोलीले प्रत्यारोपण गर्नेछ । प्रत्यारोपणका लागि उनलाई आवश्यक औषधिहरु दिइएको र विभिन्न विषयका विशेषज्ञबाट बिहानै स्वास्थ्य परीक्षण गरिएको अस्पतालले जनाएको छ ।

शिक्षण अस्पतालमा सर्वसाधारण देखि भिआइपी सम्मको भिड ! [फोटो फिचर]

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण शुरु, प्रत्यारोपण गर्न पाँच घण्टा लाग्ने !

प्रधानमन्त्री ओली प्रत्यारोपणका लागि यही फागुन १९ गते अस्पताल भर्ना भएका थिए । उनको प्रत्यारोपण अगाडि गरिने नियमित डायलासिस तथा ल्याब परीक्षणहरु मंगलबार देखिनै गरिएको थियो ।

सामान्य अवस्था रहेमा प्रधानमन्त्री ओली एक साताभित्र अस्पतालबाट डिस्चार्ज हुने जनाइएको छ । प्रधानमन्त्री ओलीको मनोबल उच्च रहेको र उनको सफल प्रत्यारोपण तथा स्वास्थ्य लाभका लागि सिङ्गो मुलुकले व्यग्र्रतापूर्वक प्रतीक्षा गरिरहेको उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

प्रधानमन्त्री ओलीलाई उनकी भान्जी समीक्षा कोइरालाले मिर्गाैला दान गर्नेछिन् । यसअघि प्रधानमन्त्री ओलीको विसं २०६४ साउनमा भारतको एपोलो अस्पतालमा मिर्गाैला प्रत्यारोपण गरिएको थियो ।

प्रकाशित : , ०, ००४:५५

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण शुरु, प्रत्यारोपण गर्न पाँच घण्टा लाग्ने !