काठमाडौँ – आइतबार काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै जुत्ता प्रहार गर्ने रतन तिरुवा थप सात दिन हिरासतमा बस्ने भएका छन्।
प्रचण्डलाई लक्षित गर्दै जुत्ता हान्ने जुम्लाका रतन तिरुवालाई ७ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्ने पहिलो पटक समय दिएको हो।
नियन्त्रणमा लिइएका २४ वर्षीय रतन तिरुवाबिरुद्ध अभद्र व्यवहारमा म्याद थप गरेको थियो । घटनाको अनुसन्धान गर्न तीन सदस्य छानविन टोली गठन गरिएको छ।
भरतमोहन अधिकारी स्मृति फाउण्डेशनले आयोजना गरेको प्रथम स्मृति सभाको कार्यक्रममा प्रचण्ड माथि जुत्ता प्र-हार भएको थियो। सम्बोधन सकाएर पोडियमबाट फर्कदै गर्दा प्रचण्ड माथि जुत्ता प्रहा-र भएको हो।
सभालाई सम्बोधन गर्दा प्रचण्डले बर्गसंघर्षका बारेमा बोलेका थिए। जुन कुरा आफूलाई चित्त नबुझेपछि आवेगमा आएर जुत्ता फ्याँकेको उनको प्रतिक्रिया छ।