काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको यहि हप्ता मृर्गौला प्रत्यारोपण हुने भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका ओलीको बुधबार मृर्गौला प्रत्यारोपण हुने भएको हो।
बुधबार हुने प्रत्यारोपणका लागि ओली सोमबारनै अस्पताल हुने बताइएको छ। प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपण हुने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाएका छन्।
बुधबार मृर्गौला प्रत्यारोपण गर्न लागिएका बारे ओलीले आइतबार बसेको नेकपाको सचिवालय बैठकमा जानकारी गराएको श्रेष्ठले बताएका छन्। ओलीको यो दोस्रो मृर्गौला प्रत्यारोपण हो।
प्रधानमन्त्री ओलीले केहि दिन अगाडी मात्रै वाग्मती प्रदेशस्तरीय राजनीतिक प्रशिक्षण तथा भेलामा केही दिनभित्र आफूले मिर्गाैला प्रत्यारोपण गर्ने जानकारी दिएका थिए।
मिर्गौला प्रत्यारोपण गरेर पाँच दिन अस्तपालमा बस्ने र छैठौं दिनमा घर आएर काम शुरु गर्ने उनको भनाइ थियो । उनले अझै पनि १०–१५ वर्ष आफ्नो स्वास्थ्यमा तलमाथि नहुने दृढता पनि व्यक्त गर्दै आएका छन्।
“अहिले मानिसले मलाई बिरामी भने पनि म दैनिक १७–१८ घण्टा काम गरिरहेको छु”, उनले भनेका थिए,बिरामी हुँदा पनि काम गर्ने मेरो बानी परेको छ । अलिअलि बिरामी परिहालिन्छ । जिन्दगी यस्तै हो ।”