बच्चा बोकेकी महिलालाई लाठी हान्ने इन्स्पेक्टरको इन्चार्ज पद गयो !

काठमाडौँ – बिहिबार भैसेपाटीस्थित पूर्वजर्नेल हेम खत्रीको घरमा धर्ना दिइरहेका महिलाहरु माथि ला-ठी हा-न्ने इन्स्पेक्टर देवीप्रसाद पौडेलको इन्चार्ज पद खोसिएको छ।

भैसेपाटीस्थित जर्नेल खत्रीको घरमा धर्ना दिने महिलाहरुलाई हटाउने क्रममा बच्चा बोकेकी महिलालाई ला-ठी हा-नेको भिडियो भाइरल भएसँगै उनको इन्चार्ज पद खोसेर अनुसन्धान थालिएको हो।

अनुसन्धानका लागि पौडेललाई ललितपुर महानगरीय प्रहरी परिसर जावलाखेल तानिएको छ। उनको ठाउँमा अर्का इन्स्पेक्टर सुजित ओझालाई पठाइएको छ।

भैसेपाटीस्थित जर्नेल खत्रीको घरमा धर्ना दिने महिलाहरु माथि बल प्रयोग भएको भिडियो सामाजिक संजालमा केहि दिन देखि भाइरल छ। भिडियो भाइरल भएपछि घटनाको सर्वत्र आलोचना भएसँगै महानगरीय प्रहरी परिसर ललितपुरले एसपी दुर्गा सिंहको नेतृत्वमा तीन सदस्यीय छानविन समिति गठन गरिसकेको छ।

शुक्रबार गठन भएको उक्त समितिको म्याद सोमबार सम्मका लागि छ। हाल छानबिन गरिरहेको उक्त समितिले घटनामा संलग्न प्रहरी अधिकारीको बयान लिने देखि प्रत्यक्षदर्शीहरुसँग कुराकानी गर्ने काम गरिरहेको छ।

प्रकाशित : , ०, ००६:५८

किड्नी प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली भोलि अस्पताल भर्ना हुँदै !