प्याराग्लाइडिङ वल्र्ड कप टिम इभेन्टको उपाधि नेपाललाई, कोरिया र जर्मनी पछि पर्यो !

कास्की – पोखरामा आज सम्पन्न ‘प्याराग्लाइडिङ वल्र्ड कप एशियन टुर’ तथा १९औँ संस्करणको ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसीप’ अन्तर्गत टिम इभेन्टको उपाधि नेपालले जितेको छ ।

क्रस कन्ट्री विधाअन्तर्गत ४७ दशमलव आठ किमी दूरीमा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गरी ५४ अङ्कसहित प्रथम स्थान हासिल गर्न सफल भएको हो । नेपाली टोलीमा युकेश गुरुङ, विशाल थापा, विजय गौतम र शेरबहादुर गुरुङ रहेका थिए । त्यसैगरी कोरियाले ४८ अङ्कसहित द्धितीय र ४५ अङ्क ल्याएर जर्मनीको टोली तेस्रो भएको छ ।

पुरुष एकलतर्फको उपाधि भने कोरियाले जितेको छ । कोरियाका जङमेन चोइले दुई हजार २२० अङ्कसहित उपाधि जिते भने नेपालका विशाल थापाले दुई हजार १४७ अङ्कसहित द्वितीय तथा कोरियाका चियोङ हाले दुई हजार १३० अङ्कसहित तेस्रो हुन सफल भए ।

महिला एकलतर्फ अमेरिकाका ग्यालेन कर्कप्याट्रिकले उपाधि जित्दा कोरियाका याना ली द्वितीय तथा स्वीटजरल्याण्डका सुसन स्टोफर तेस्रो भए । नेपाल खुला १९औँ च्याम्पियनसीपअन्तर्गत विशाल थापाले उपाधि जित्न सफल भए । विजय गौतम द्वितीय र आशिष थापा तेस्रो हुन सफल भएको नेपाल हवाई खेलकूद संस्था (ना) का अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए। सुरज थापा चौथो र युकेश गुरुङ पाँचौँ स्थानमा रहे।

विजेता खेलाडीको टोलीलाई युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, माछापुच्छ«े गाउँपालिका अध्यक्ष कर्ण गुरुङलगायतले मेडल, प्रमाणपत्र पुरस्कार वितरण गरेका थिए। यही फागुन ११ गतेदेखि शुरु भएको प्रतियोगितामा २० देशका ९२ खेलाडी सहभागी थिए ।

यस प्रतियोगिता तथा इन्डोनेशिया र चीनमा तय भएको एशियन टूरबाट छनोट भएका खेलाडी ‘पोइन्ट’ र ‘¥याङकिङ’का आधारमा सन् २०२१ मा हुने प्याराग्लाइडिङको विश्वकप सुपर फाइनलमा प्रवेश पाउने प्रतियोगिता संयोजक योगेश भट्टराईले जानकारी दिए।

प्रकाशित : , ०, ०००:००

साँझ एकाएक पर्यो असिना, गहुँ, जौँ, तोरी र तरकारीबाली पूरै सखाप !