काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको यहि हप्ता मृर्गौला प्रत्यारोपण हुने भएको छ । ओलीको बुधबार मृर्गौला प्रत्यारोपण हुने भएको हो।
मृगौलाले केहि महिना देखि काम गर्न नछाडेपछि दोस्रो मृर्गौला प्रत्यारोपणको तयारीमा जुटेका ओलीको यहि बुधबार मृर्गौला प्रत्यारोपण गर्ने निष्कर्षमा चिकित्सकहरु पुगेको बताइएको छ।
ओलीको १२ वर्ष अगाडी पहिलो मृर्गौला प्रत्यारोपण गरिएको थियो। १२ वर्षअघि भारत स्थित एपोलो अस्पतालमा ओलीको पहिलो मृगौला प्रत्यारोपण भएको थियो।
ओलीलाई मिर्गौला दिन नेपालमै रहेकी एकजना भाञ्जी नाता पर्ने महिला र अमेरिकामा रहेका भाञ्जा नाता पर्ने पुरुष तयार भएको बताइएको छ। पहिलो प्रत्यारोपण भारतमा गरिएको भएता पनि ओलीले दोस्रो प्रत्यारोपण भने नेपालमै गर्ने इच्छा देखाएका छन्।
ओलीको इच्छा अनुसारनै नेपालकै अस्पतालमा मृर्गौला प्रत्यारोपण गराउने तर्फ चिकित्सकहरुले तयारि गरेको एक श्रोतले बताएको छ। श्रोतका अनुसार ओलीको मृर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पतालमा हुनेछ।
ओलीले सकेसम्म मृर्गौला प्रत्यारोपण नेपालकै सरकारी अस्पतालमा गराउने इच्छा देखाएपछि त्रिवि शिक्षण अस्पतालमा प्रत्यारोपण गर्ने ओलीको मेडिकल टिमले गरेको छ।
“मिर्गौला प्रत्यारोपण गरेर पाँच दिन अस्तपालमा बसेपछि छैठौं दिनमा काम गर्न थाल्छु”
प्रधानमन्त्री ओलीले केहि दिन अगाडी मात्रै वाग्मती प्रदेशस्तरीय राजनीतिक प्रशिक्षण तथा भेलामा केही दिनभित्र आफूले मिर्गाैला प्रत्यारोपण गर्ने जानकारी दिएका थिए।
मिर्गौला प्रत्यारोपण गरेर पाँच दिन अस्तपालमा बस्ने र छैठौं दिनमा घर आएर काम शुरु गर्ने उनको भनाइ थियो । उनले अझै पनि १०–१५ वर्ष आफ्नो स्वास्थ्यमा तलमाथि नहुने दृढता पनि व्यक्त गर्दै आएका छन्।
“अहिले मानिसले मलाई बिरामी भने पनि म दैनिक १७–१८ घण्टा काम गरिरहेको छु”, उनले भनेका थिए,बिरामी हुँदा पनि काम गर्ने मेरो बानी परेको छ । अलिअलि बिरामी परिहालिन्छ । जिन्दगी यस्तै हो ।”