“मविरुद्ध एउटा गिरोह नै लागेको छ, नाइकेको नाम पार्टीमा दिएको छु”

काठमाडौँ – प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले आफूलाई फसाउन खोजिएको बताएका छन्।

आफ्नो श्रीमान दावी गर्दै एक महिलाले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको बारे टिप्पणी गर्दै उनले आफूलाई फसाउन खोजिएको बताएका हुन्।

आफूमाथि बालिका खड्काले पति दाबी गर्दै काठमाडौं जिल्ला अदालतमा शुक्रबार मुद्दा दायर गरेपछि उनले शनिबार एक पत्रकार सम्मेलननै गरेर आफ्नो बचाऊ गरे।

उनले आफूलाई फसाउन गिरोहनै लागिपरेको दावी गरे। आफ्नो राजनीतिक भविष्य नै समाप्त गर्ने गरी गिरोहले करोडौं खर्च गरेको उनले आरोप लगाए।

आफू विरुद्ध लागिपरेको गिरोहको नाइकेको नाम पार्टीलाई दिसकेको पनि बताए। आफू विरुद्ध धेरै समय देखि षड्यन्त्र डिजाइन भैरहेको पनि उनले दावी गरे।

“मविरुद्ध एउटा गिरोह नै लागेको छ जसको नाइकेको नाम पार्टीमा दिएको छु। यही गिरोहको योजना अनुसार यो सबै भइरहेको छ ।”,उनले भने,”ममाथि षड्यन्त्र गर्नेको पर्दाफास हुन्छ ।”

पत्रकार सम्मेलनका क्रममा उनले आफू निष्ठावान कम्युनिष्ट पार्टीको सिपाही भएको पनि दावी गरे। पहिला-पहिला पनि आफू विरुद्ध विभिन्न षड्यन्त्रभैरहेको भएपनि आफू विचलित नभएको उनले सुनाए।

प्रकाशित : , ०, ०११:३९

धर्म निरपेक्षता र संघियताका बारेमा जनमत संग्रहको पक्षमा साझा पार्टी !