जब राष्टपतिको सवारीमा भीम रावलको अपमान गरियो…

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम रावललाई धनगढी विमानस्थलको विशिष्ट कक्षमा जानबाट रोकिएको छ ।

पूर्वउपप्रधानमन्त्री तथा पूर्वरक्षामन्त्री समेत रहेका रावललाई विमानस्थलको विशिष्ट कक्षमा जानबाट रोकिएको हो। शनिबार बिहान श्री एयरको विमानबाट झरेर विशिष्ट कक्षतर्फ जान खोज्दा उनलाई रोकिएको बताइएको छ।

रावल गएको श्री एयरको विमानबाट राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार बिहान काठमाण्डौं फर्किने कार्यक्रम थियो। राष्टिपतिको सुरक्षाको कारण देखाउँदै सुरक्षाकर्मीले नेता रावललाई रोक लगाएका हुन्।

विशिष्ट कक्षबाट जान नदिएपछि रावलले एक पत्रकार सम्मेलन आयोजना गरेर आक्रोश पोखेका छन्। सेनाले आदेशको मात्रै पालना गरेको भएता पनि पार्टीका अन्य नेताहरुले भने आफ्नो अपमान गर्न खोजेको तर्फ उनले संकेत गरे।

“मैले पार्टीका प्रदेश अध्यक्ष, सह अध्यक्ष र जिल्ला सदस्यलाई विशिष्ट कक्षमा गएको देखिरहेको छु, तर मलाई भित्र जानबाट रोकियो। त्यसमा सेनाको कुनै दोष छैन ।”, उनले भने।

रावलले आफूलाई विशिष्ट कक्षमा जान नदिइनुलाई अपमानको रुपमा लिएका छन्। विमानस्थलमा पनि भेटिएका नेताहरुले आफूलाई केहि नबताएको पनि रावलले सुनाए।

“राष्टपतिको कार्यक्रमका बारेमा मलाई जानकारी दिनुपथ्र्यो तर केही दिइएन, विमानस्थलमा पनि भेटिएका नेताहरुले कुनै रेस्पोन्स गरेनन्।”,नेता रावलले भने।

भिआइपी कक्षबाट प्रवेश गर्न नदिइएपछि रावल यात्रुले प्रयोग गर्ने मार्गबाट बाहिरिएका थिए। रावल बाहिरिएको केहि समय पछिनै राष्ट्रपति भण्डारीको कारगेट विमानस्थल पुगेको थियो ।

प्रकाशित : , ०, ०१०:२७

रेल र बस एक आपसमा ठोक्किँदा भयानक दुर्घटना, दर्जनौको ज्यान गयो !