सलमान खानसँग डेब्यु गरेकी नायिकाले विवाह भएको ३० वर्ष पछि गरिन् चकित पार्ने खुलासा !

सलमान खानसँग १९८९ मा फिल्म  ‘मैंने प्यार किया’ बाट बलिउडमा  डेब्यू गर्ने  अभिनेत्री भाग्यश्रीले आफ्नो पहिलाको फिल्मबाट नै दर्शकको मन जितेकी छन् । यो  फिल्म बक्स अफिसमा सुपर हिट रह्यो र  भाग्यश्री राता -रात चर्चित स्टारको रुपमा चिनिन थालिन् । भाग्यश्रीले १९९० सालमा आफ्नो साथी  हिमालय दासानीसँग बिहे गरेकी थिइन् । दुवैको सम्बन्ध अहिले पनि कायम रहेको छ । यस्तैमा भाग्यश्रीको यस्तो भिडियो बाहिरियो जुनमा यो खुलासा गरिएको छ कि उनी डेढ वर्षसम्म आफ्नो श्रीमानसँग अलग  रहिन् ।

भाग्यश्रीको यस खुलासापछि सबै छक्क परेका थिए । विरल भयानीले आफ्नो  इंस्टाग्राम अकाउन्टबाट  एक भिडियो शेयर गरेकी छन् । यसमा भाग्यश्री भन्छिन्, ‘ हिमालय जी मेरो पहिलो माया हो  । मैले उहाँसँग बिहे गरेकी थिए , एक यस्तो समय  पनि थियो तब हाम्रो झगडा  भएको थियो ।’

भाग्यश्री र हिमालय दासानीको भेट स्कुलमा भएको थियो । दुवैले एकअर्कालाई मन पराएका थिए तर  भाग्यश्रीको घर परिवार यस सम्बन्धबाट राजी थिएनन् । भाग्यश्री र हिमालयले बिहे  गर्ने फैसाला लिए । सलमान खान, सूरज बडजात्या र केहि नजिकका मान्छेको उपस्थितिमा यी दुईले मन्दिरमा बिहे गरेका  थिए  ।

बिहेपछि  भाग्यश्रीले केहि फिल्ममा काम  आफ्नो श्रीमानसँग गरिन्  । तर उनको करियर त्यति चलेन । केवल श्रीमानसँग मात्र काम गर्ने शर्तको कारण निर्माताले उनलाई फिल्म अफर गर्न  छोडे  । भाग्यश्रीले हिन्दी फिल्म बाहेक  भोजपुरी, मराठी, बंगाली, कन्नड र तेलुगू फिल्ममा अभिनय गरेकी छन् तर उनलाई  स्टारडम भने  ‘मैंने प्यार किया’ बाट  हासिल भएको थियो । भाग्यश्री अन्तिम पटक २०१० मा  फिल्म ‘रेड अलर्ट’मा देखिएकी थिइन् ।

प्रकाशित : , ०, ००७:४७

स्वस्तिमालाई मन नपरेको वर्षालाई मन पर्यो: स्वस्तिमाकै कारण खुल्यो भाग्य !