बलिउडमा कैयौँ स्टार यस्ता छन् जो फिटनेसको लागि निकै चिनिन्छन् । यस्तैमा कैयौँ स्टार निकै मोटो थिए तर फिल्म जगतमा आउनको लागि उनीहरुले निकै मिहिनत गरे र आफ्नो लुकलाई बदलिए । यस स्पेशल रिपोर्टमा हामी तपाईलाई यस्तो केहि स्टारहरुको बारेमा बताउछौ जसको फिटनेस जर्नीबाट हरेकलाई प्रेरणा मिल्यो । यस लिस्टमा सारा अली खानदेखि सोनाक्षी सिन्हा र अदनान सामीसम्म पर्छन् ।
करीना कपूर खान
बलिउडको बेबो वा करीना कपूर बाल्यकालमा निकै मोटी थिइन् । करीनाले २००० सालमा रेफ्यूजीबाट बलिउडमा डेब्यू गरेकी थिइन् । यधपी करीना त्यस समय आफ्नो फिटनेसको कारणले चर्चामा आउदिनथिन् तर २००८ सालमा फिल्म टशनको लागि करीनाको जिरो फिगरले सबैलाई आकर्षित गरेको थियो । प्रेग्नेंसीपछि पनि करीना कपूर खान थोरै मोटाएकी थिइन् ।
सोनाक्षी सिन्हा
फिल्म दबंगमा सलमान खानसँग बलिउडमा डेब्यू गरेकी अभिनेत्री सोनाक्षी सिन्हा फिल्ममा आउनुभन्दा पहिला ९० किलोग्राम थिइन् तर पछि सोनाक्षी पनि फ्याट टु फिट क्याटगरीमा निकै चर्चित भईन् । सोनाक्षी सिन्हा फिट बलिउडको फिट अभिनेत्रीमा एक हुन् ।
आलिया भट्ट
आफ्नो क्यूट मुस्कान र अभिनयबाट हरेकको मन जित्न सफल अभिनेत्री आलिया भट्ट पनि कुनै समयमा निकै मोटी थिइन् । तर आलियाले फिल्म स्टूडेंट अफ द ईयरमा डेब्यू गर्नुभन्दा पहिला नै फिटनेसमा काम गरिन् र आफै पुरै बद्लीइन्। अहिले आलिया प्राय जिमको बाहिर स्पट हुन्छिन् ।
अर्जुन कपूर
बलिउड अभिनेता अर्जुन कपूरले २०१२ सालमा फिल्म इशकजादेबाट बलिउडमा डेब्यू गरेका थिए । फिल्ममा अर्जुन कपूर निकै फिट देखिएका थिए । तर अर्जुन कपूर फिल्ममा आउनुभन्दा पहिला फिट थिएनन् । रिपोर्ट्स अनुसार एक समयमा अर्जुन १०० किलोभन्दा पनि धेरै थिए ।
परिणीति चोपड़ा
परिणीति चोपडडा अहिले आफ्नो अभिनयको कारण सबैमा चिनिन्छिन् तर फिटनेसको लागि पनि उनको निकै चर्चा हुन्थ्यो । वास्तवमा एक समयमा परिणीतिको तौल निकै धेरै थियो तर परिणीतिले पछि मेन्टेन गरिन् ।
सोनम कपूर
बलिउडको चर्चित अभिनेता अनिल कपूरको छोरी अभिनेत्री सोनम कपूरले फिल्म सांवरियाबाट बलिउडमा डेब्यू गरेकी थिइन्। यस फिल्मबाट रणबीर कपूरकले पनि फिल्मी करियर सुरु गरेकी थिइन् । तर कमै मान्छेलाई यो कुरा थाहा छ कि फिल्मको निर्देशक संजय लीला भंसालीले सोनमलिई वजन कम गर्ने शर्तमा फिल्म अफर गरेका थिए । सोनम पहिला निकै मोटी थिइन् ।
भूमि पेडनेकर
२०१५ मा आयुष्मान खुरानासँग भूमि पेडनेकरले फिल्म दम लगा के हईशाबाट बलिउडमा अभिनय गरेकी थिइन् । फिल्मलाई दर्शकले धेरै नै मन पराएको थियो । तर त्यस बेला कसैले सोचेका थिएनन् कि भुमि आउँदो समयमा फिटनेस आइडल बन्नेछिन्। दम लगा के हईशापछि भूमिले मिहिनत गरेर अहिले फिट अभिनेत्रीमा एक रहेकी छिन् ।
अदनान सामी
सुरीली आवाजको धनी गायक अदनान सामीले सबैलाई एक समयमा छक्क पारेका थिए । अदनान सामीले करिब १६ महिनामा ११५ किलो वजन घटाएका थिए । अदनान सामीको पहिला करिब २३० किलो वजन थियो तर अहिले उनी मात्र ७५ किलोको रहेका छन् ।
सारा अली खान
फिल्म केदारनाथबाट बलिउडमा अभिनय गर्ने अभिनेत्री सारा अली खान अहिले फिटनेसको लागि चिनिन्छन् । तर कमै मान्छेलिई थाहा छ कि सारा पहिला यति फिट थिइनन् । केहि समय पहिले सारा अली खानले पनि एक थ्रोब्याक भिडियो सोशल मिडियामा शेयर गरेकी थिइन् जुनमा उनलाई निकै मोती देखिएको थियो ।