आज शुक्रबार, घट्यो सुनचाँदीको मुल्य!

काठमाडौँ, फागुन १६  । पछिल्लो केहि दिनयता लगातार बढिरहेको सुनको मुल्य बिहिबार तोलामा २  सय रुपैयाले बढेको  थियो। तर शुक्रबार बहने  सुनको मुल्य तोलामा ५ सय रुपैयाले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाला सुनको मूल्य प्रतितोला ७९  हजार ५  सय र तेजाबी सुनको मूल्य प्रतितोला ७८  हजार ९ सय रुपैया तोकेको छ ।

बिहिबार छापावाला सुनको मूल्य प्रतितोला ७९ हजार ७  सय र तेजाबी सुनको मूल्य प्रतितोला ७९ हजार ४  सय रुपैयामा खरिद बिक्री भइरहेको थियो।

त्यसै गरि, आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाले घटेको  छ ।  आज चाँदीको मुल्य प्रतितोला ८ सय ८०  रुपैयामा खरिद बिक्री भइरहेको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च वृद्धि भएपछि त्यसको प्रभाव नेपाली बजारमा परेको छ । पहेँलो धातु सुनको मूल्य वृद्धि सँगै नयाँ रेकर्डसमेत कायम भएको छ । गत सोमबार भाउ अहिलेसम्म कै महँगो थियो।  सो दिन सुनको मुल्य प्रतितोला ८० हजार ३ सय रुपैयामा कायम रहेको थियो।

पछिल्लो समय अमेरिका र इरानमा देखिएको तना-व र चीन-अमेरिका व्यापार यु-द्धका कारण सुनको मूल्यमा उतार-चढाव देखिदै आएको छ। महासङ्घका अनुसार पछिल्लो समय सुनको व्यापार ७५ प्रतिशत हाराहारीमा खुम्चिएको छ । सामान्यतः दैनिक करिब २५ देखि ३० किलो सुन खपत हुँदै आएको नेपाली बजारमा अहिले मुस्किलले १० किलो सुन पनि बिक्री हुन नसकेको महासङ्घले जनाएको छ ।

प्रकाशित : , ०, ००५:२४

आज सोमबार, यस्तो छ सुनचाँदीको भाउ!