आज फेरी ह्वातै बढ्यो सुनको मुल्य, नाघ्यो ८० हजार!

काठमाडौँ, फागुन १२ । पछिल्लो केहि दिनयता सुनको मुल्य लगातार बढिरहेको छ । आज साताको दोस्रो दिन अर्थात् सोमबार फेरी सुनको मुल्य तोलामा एक्कासी १५ सय रुपैयाले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाला सुनको मूल्य प्रतितोला ८०  हजार ३  सय र तेजाबी सुनको मूल्य प्रतितोला ८० हजार रुपैया तोकेको छ ।

आइतबार  छापावाला सुनको मूल्य प्रतितोला ७८ हजार ८  सय र तेजाबी सुनको मूल्य प्रतितोला ७८  हजार ५  सय रुपैयामा खरिद बिक्री भइरहेको थियो। आजको सुनको भाउ अहिलेसम्म कै महँगो  हो।

त्यसै गरि, आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाले बढेको छ । आज चाँदीको मुल्य प्रतितोला ९ सय २५  रुपैयामा खरिद बिक्री भइरहेको महासङ्घले जनाएको छ ।

पछिल्लो समय अमेरिका र इरानमा देखिएको तना व र चीन–अमेरिका व्यापार यु द्धका कारण सुनको मूल्यमा उतार-चढाव देखिदै आएको छ।

महासङ्घका अनुसार पछिल्लो समय सुनको व्यापार ७५ प्रतिशत हाराहारीमा खुम्चिएको छ । सामान्यतः दैनिक करिब २५ देखि ३० किलो सुन खपत हुँदै आएको नेपाली बजारमा अहिले मुस्किलले १० किलो सुन पनि बिक्री हुन नसकेको महासङ्घले जनाएको छ ।

प्रकाशित : , ०, ००५:३६

सुन तोलामा नै १५ सयले वृद्धि, उच्च वृद्धि भएपछि त्यसको प्रभाव नेपाली बजारमा