आज सुनको मुल्य अहिलेसम्मकै महँगो, यस्तो छ भाउ!

काठमाडौँ, फागुन ११ । पछिल्लो केहि दिनयता सुनको मुल्य लगातार बढिरहेको छ । आज साताको पहिलो  दिन अर्थात् आइतबार  फेरी सुनको मुल्य तोलामा ७ सय रुपैयाले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाला सुनको मूल्य प्रतितोला ७८  हजार ८  सय र तेजाबी सुनको मूल्य प्रतितोला ७८  हजार ५  सय रुपैया तोकेको छ ।

शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ७८ हजार १  सय र तेजाबी सुनको मूल्य प्रतितोला ७७  हजार ८  सय रुपैयामा खरिद बिक्री भइरहेको थियो। आजको सुनको भाउ अहिलेसम्म कै महँगो  हो।

त्यसै गरि, आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाले बढेको छ । आज चाँदीको मुल्य प्रतितोला ९ सय २० रुपैयामा खरिद बिक्री भइरहेको महासङ्घले जनाएको छ ।

पछिल्लो समय अमेरिका र इरानमा देखिएको तना व र चीन–अमेरिका व्यापार यु द्धका कारण सुनको मूल्यमा उतार-चढाव देखिदै आएको छ।

महासङ्घका अनुसार पछिल्लो समय सुनको व्यापार ७५ प्रतिशत हाराहारीमा खुम्चिएको छ । सामान्यतः दैनिक करिब २५ देखि ३० किलो सुन खपत हुँदै आएको नेपाली बजारमा अहिले मुस्किलले १० किलो सुन पनि बिक्री हुन नसकेको महासङ्घले जनाएको छ ।

प्रकाशित : , ०, ००६:१६

आज फेरी ह्वातै बढ्यो सुनको मुल्य, नाघ्यो ८० हजार!