“बास्कोटा प्रकरणले ओली उदांगीए, ओली भ्रमयुगको अन्त्यको शुरूवात भयो” – बाबुराम

काठमाडौँ – समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले गोकुल बास्कोटा प्रकरण ओली युग अन्त्यको शुरूवात हुनसक्ने बताएका छन्।

गोकुल बास्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेस कमिसन बार्गेनिङ गरेको अडियो टेप बाहिरिएसँगै लगातार सामाजिक संजाल मार्फत खुचिङ्ग लगाउँदै आएका भट्टराईले एकपटक पुन ओली माथि कडा टिप्पणी गरेका हुन्।

खोक्रो राष्ट्रवादको उन्माद जगाएर सत्तामा पुगेका ओली उदांगीन दुइ बर्षको कुशासन पर्याप्त भएको भट्टराईले सामाजिक संजाल ट्वीटर मार्फत टिप्पणी गरेका छन्।

“ओली भ्रमयुगको अन्त्यको शुरूवात गोकुल प्रकरण हुनसक्छ।नस्लीय राष्ट्रवादको उन्माद जगाएर सत्तासीन भएका ओलीको सर्वांगीण खोक्रोपन उदांगीन दुइ बर्षको कुशासन पर्याप्त थियो!”,भट्टराईले ट्वीटरमा लेखेका छन्।

निलवर्ण स्यालकथाको नेपाली संस्करणको उद्घाटन गोकुल बास्कोटा अडियो टेप प्रकरण भएको भट्टराईको बुझाई छ। “निलवर्ण स्यालकथाको नेपाली संस्करणको उद्घाटन गोकुल प्रकरण हो!आगामी दृश्यहरू हेर्दै जाऊँ !”,भट्टराईले थप लेखेका छन्।

“बास्कोटाको टेप १ महिना सम्म लुकाउने प्रधानमन्त्री चोखो छैनन्, बास्कोटाले एक्लै आँट गरेनन् होला”

ओलीलाई बाबुरामको खुचिङ्ग – ‘मतिर फर्केर आकाशमा थुक्दा तपाईकै मुखमा थुक पर्यो”

समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आकाशतिर फर्केर थुक्दा थुक ओली माथिनै पारेको टिप्पणी गरेका छन्।

पार्टीको संगठन बिस्तार तथा सुदृढीकरण अभियानअन्तर्गत शनिबार पर्वत पुगेका बेला भट्टराईले यस्तो टिप्पणी गरेका हुन्। प्रधानमन्त्री ओलीले फागुन ३ गते आफूमाथि औँला ठड्याउँदै आकाशतिर थुक्दा ८ गते उनकै मुखमा थुक परेको भट्टराईले टिप्पणी गरे।

“भनिन्छ नि आकाशतिर फर्केर थुक्दा आफैँलाई पर्छ। अस्ति ३ गते म माथि औँला ठड्याउनुभयो। मतिर फर्केर आकाशतिर थुक्नुभयो ८ गते त आफ्नै मुखमा पर्‍यो। उहाँ अस्वस्थ हुनुहुन्छ। मेरो बोलीले उहाँलाई प्रतिकूलता पनि हुन सक्छ। त्यसैले योभन्दा बढी केही पनि भन्दिनँ।”,भट्टराईले भने।

गोकुल बास्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेस कमिसन बार्गेनिङ गरेको अडियो टेप पाएको महिनौ सम्म पनि प्रधानमन्त्री ओली चुपचाप बस्नुलाई ठिक मान्न नसकिने पनि भट्टराईले बताए।

देशका प्रधानमन्त्रीको नाकैमुनि भ्रष्टाचार हुँदा देशमा सुशासन र समृद्धि आउने कुरालाई विश्वास गर्न नसकिने उनको बुझाई छ। प्रधानमन्त्री ओली आफैँ भ्रष्टाचारको गन्हाउने थुप्रोमा बसिरहेको उनले आरोप पनि लगाए।

“प्रधानमन्त्री ओली आफैँ भ्रष्टाचारजस्तो फोहोरको गन्हाउने थुप्रोमा बसिरहेका छन्। खुलेआम यतिले उपचार गर्न र चुनाव गर्न पैसा दियो भन्नुहुन्छ। देशका प्रधानमन्त्रीले नै नाकैमुनि भ्रष्टाचार गराउँदा सुशासन र समृद्धि नआउने भएकोले यो मुद्दा गम्भीर रूपमा आएको छ। दुई महिना अघि नै प्रधानमन्त्रीको हातमा अडियो पुगेको थियो भन्ने सुनियो। थाहा हुँदा हुँदै प्रधानमन्त्री किन चुप बस्ने?”,भट्टराईले भने।

प्रकाशित : , ०, ००५:३२

सवारी साधन र धुलोसँगै बित्छ ट्राफिक प्रहरीको दैनिकी