प्रधानमन्त्रीको जन्मदिनमा पुर्ख्यौली गाउँमा सार्वजनिक बिदा !

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको जन्म दिनमा तेह्रथुमको आठराई गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको जन्म दिन मनाउन उनको पुर्ख्यौली गाउँ आठराई गाउँपालिकाले आइतबार सार्वजनिक बिदा दिएको हो।

गाउँपालिकाले शुक्रबारनै एक सूचना जारी गर्दै सार्वजनिक बिदा दिइएको बारे जानकारी गराएको थियो। आठराई गाउँपालिकामा आज विशेष कार्यक्रममा आयोजना पनि गरिँदैछ।

“प्रस्तुत विषयमा यहि मिति २०७६।११११ गतेका दिन सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूवाट विभिन्न विकास निर्माणका कार्यक्रमहरुको शिलान्यास गर्ने कार्यक्रम तय भए वमोजिम यस आठराई गाउँपालिकामा पाल्नुहुने कार्यक्रम रहेकाले यस गाउँ कार्यपालिकाको मिति २०७६।११।०६ गतेको निर्णय अनुसार यस आठराई गाउँपालिका र मातहतका सरकारी कार्यालय, विद्यालयहरुमा स्थानिय विदा दिने निर्णय भए बमोजिम मिति २०७६११११ गतेका दिन सार्वजनिक विदा दिएको सम्बन्धित सम्पूर्णमा जानकारी गराईन्छ । साथै उक्त दिन गाउँपालिकासंग सम्वन्धित सम्पूर्ण कार्यलयमा कार्यरत कर्मचारी, विद्यालयका शिक्षकहरु तोकिएको पोशाकमा उपस्थित भई दिनुहुन समेत जानकारी गराईन्छ ।”,जारी सूचनामा भनिएको थियो।

६९ औँ जन्मदिन मनाउन आज प्रधानमन्त्री ओली आठराई गाउँपालिका पुग्दै छन्। ओली आज हेलिकोप्टरबाट आठराईको सल्लेस्थित पुर्ख्यौली घर पुग्ने बताइएको छ। तेह्रथुमबाट बसाइँ सरेर झापा गएपछि विक्री गरेको पुर्ख्यौली घर ओलीले पुन: किनेर मर्मत गराइसकेका छन्।

प्रकाशित : , ०, ००४:४४

“बास्कोटा प्रकरणले ओली उदांगीए, ओली भ्रमयुगको अन्त्यको शुरूवात भयो” – बाबुराम