“बास्कोटाको टेप १ महिना सम्म लुकाउने प्रधानमन्त्री चोखो छैनन्, बास्कोटाले एक्लै आँट गरेनन् होला”

काठमाडौँ – समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सेक्युरिटी प्रिन्टीङ प्रेस कमिसन बार्गेनिङ प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीको पनि संलग्नता हुन सक्ने आशंका व्यक्त गरेका छन्।

भट्टराईले सामाजिक संजाल ट्वीटर मार्फत प्रधानमन्त्रीका सबै भन्दा नजिकका व्यक्ति गोकुल बास्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेस खरिदमा कमिसन माग्नुले प्रधानमन्त्री माथि पनि आशंका गर्न सकिने बताएका हुन्।

सेक्युरिटी प्रिन्टीङ प्रेस खरिदमा बास्कोटाले कमिसन बार्गेनिङ गरेको अडियो टेप प्रधानमन्त्री केपी शर्मा ओलीले एक महिना सम्म लुकाएको प्रति भट्टराईले प्रश्न उठाएका छन्।

“भनिन्छ-Caesar’s wife must be above suspicion!त्यस्तै देशको प्रम भ्रष्टाचारको आशंकाभन्दा माथि हुनैपर्छ!तर एक महिना पहिले नै गोकुलको टेप प्रमले पाएको हो भने उनले त्यसलाई किन लुकाएको?”,भट्टराईले ट्वीटर मार्फत प्रश्न गरेका छन्।

प्रधानमन्त्रीका सबै भन्दा निकटका व्यक्तिले मच्चाएको काण्डमा प्रधानमन्त्रीको संलग्नता नहोला भन्न नसकिने भट्टराईको बुझाई छ। त्यति ठूलो रकममा प्रमको स्वीकृति बिना बास्कोटाले कसरी आँट गरे होलान् भन्ने भट्टराईको प्रश्न छ।

“फेरि प्रमको सबभन्दा निकट ब्यक्तिले उनको स्विकृति विना त्यत्रो ठूलो आँट कसरी गर्छ?दालमें कुछ काला है!”,भट्टराईले लेखेका छन्।

भट्टराईले ट्वीटरमा यसो लेखेका छन् –

“भनिन्छ-Caesar’s wife must be above suspicion!त्यस्तै देशको प्रम भ्रष्टाचारको आशंकाभन्दा माथि हुनैपर्छ!तर एक महिना पहिले नै गोकुलको टेप प्रमले पाएको हो भने उनले त्यसलाई किन लुकाएको?फेरि प्रमको सबभन्दा निकट ब्यक्तिले उनको स्विकृति विना त्यत्रो ठूलो आँट कसरी गर्छ?दालमें कुछ काला है!”

प्रकाशित : , ०, ००८:५६

गोकुल बास्कोटाले उन्मुक्ति नपाउने प्रचण्डको संकेत !