महाशिवरात्री मनाउन डोरी टाँगेर पैसा माग्दै आइरहेका एक बालकको मृत्यु…

काठमाडौँ, फागुन ९ । आज महाशिवरात्रीको दिन, बालबालिकाहरुले सडक तथा बाटोमा डोरी टाँगेर पैसा माग्ने चलन छ । त्यस्तै  दोलखा जिल्लाको कालिन्चोक गाउँपालिकामा महाशिवरात्री मनाउनका लागि डोरी टाँगेर पैसा  माग्दै आइरहेका एक बालकको मृत्यु भएको छ ।

यात्रुबहाक बसको ठ-क्करबाट  कालिन्चोक  गाउँपालिका वडा नम्बर ९ का स्थायी बासिन्दा पुजन थामीको मृत्यु भएको हो ।

सिंगटीबाट सदरमुकाम चरिकोटतर्फ आइरहेको बा ४ ख ५८०९ नम्बरको अरनिको यातायात बसको ठ-क्करबाट थामीको मृत्यु भएको हो ।

प्रहरिको अनुसार बसको पछाडितर्फको चक्काले कि-च्दा थामीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

खप्तड क्षेत्रमा हिमपात
बिहीबार रातिदेखिको मौसममा आएको परिवर्तनका कारण डोटीलगायत सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लामा आज बिहानदेखि हिमपात शुरु भएको छ । योसहित यहाँका पहाडी जिल्लामा छैटौँपटक हिमपात भएको हो ।

सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा मात्रै आज बिहानदेखि हिमपात शुरु भएको खप्तडमा तैनाथ रहेको नेपाली सेनाको गुरुगोरख गुल्मले जनाएको छ । गत माघ २० गते परेको हिउँ पग्लिन नपाउँदै फेरि आज हिमपात भएपछि जनजीवन प्रभावित बनेको खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ ।

बझाङ, बाजुरा तथा अछामका उच्च लेकाली क्षेत्रमा आज बिहानदेखि फेरि हिमपात शुरु भएको बताइएको छ । खप्तडस्थित झिग्राना, पानीखाल, शिखर, गोवडालेक, बडीकेदारथानलगायतका उच्च पहाडी क्षेत्रमा हिमपात भई चिसो बढेको छ ।

प्रकाशित : , ०, ००८:०३

३५ वर्षसम्म एउटै विद्यालयमा शिक्षण, बिदाइमा रोयो पूरै गाउँ !