‘बले’ लाई प्रेमिका प्रिज्माले यसरी दिईन जन्मदिनको शुभकामना, सागरको यस्तो जवाफ!

काठमाडौँ, फागुन ९  । हाँस्य टेलिसिरियल ‘भद्रगोल’ मा बलेको भूमिका निभाएका हास्यकलाकार सागर लम्साल क्षेत्रीको आज जन्मदिन परेको छ । उनलाई  फ्यान तथा शुभचिन्तकहरुले सामाजिक संजालमार्फत जन्मदिनको शुभकामना दिईरहेका छन्। त्यस्तै उनकी प्रेमिका प्रिज्मा खतिवडाले पनि उनलाई जन्मदिनको शुभकामना दिएकी छिन् । आफूले चिनेको सबैभन्दा प्यारो र मिठो मान्छे भन्दै प्रिज्माले सागरलाई शुभकामना दिएकी छन् । जवाफमा सागरले लभ रियाक्ट गर्दै लेखेका छन्, ‘धन्यवाद माया’

प्रिज्माले सामाजिक संजालमा सागरसंगको तस्विर शेयर गर्दै लेखेकी छिन्, ‘जन्मदिनको शुभकामना, सबैभन्दा मिठो र मायालु मान्छे सागर लम्साल क्षेत्रि जी’

केहि साता अगाडी  सागर लम्साल प्रेममा  रहेको खबर बाहिरिएको थियो । लम्साल टिकटकमा राम्रो फलोअर्स  कमाएकी प्रिज्मा खतिवडासंग प्रेममा रहेका छन् ।

प्रिज्मा र  सागरले ‘रनभुल’ नामक एक म्युजिक भिडियोमा एकसाथ अभिनय पनि गरिसकेका छन् । प्रिज्माले सागर लम्साल  ‘बले’ फिचर्ड हरेक गीतको टिकटक भिडियो बनाउँदै आएकी थिइन् ।

एक विश्वस्त श्रोतका अनुसार सागर ‘बले’ र प्रिज्माले आगामी वर्ष अर्थात २०७७ मा बिवाह गर्दैछन् । बुझिएअनुसार केहि समयदेखी प्रेममा रहेका उनिहरुको घरपरिवारमा समेत कुराकानी भईसकेको छ । सागर लम्साल हाल ‘सक्किगो नी’ नामक हाँस्य टेलिश्रृंखलामा अभिनय गरिरहेका छन्। साथै  उनले  दर्जनौँ म्यूजिक भिडियोमा अभिनय गरेका छन् ।

प्रकाशित : , ०, ००७:१५

सत्ता बाहिर रहँदा जनताको मन जित्ने कम्युनिष्टहरु शासन सत्ता हातमा आएपछि आदर्शबाट विचलित भई बिग्रछन्’