लगातार बढ्यो सुनको मुल्य, आजको भाउ अहिलेसम्मकै महँगो!

काठमाडौँ, फागुन ९ । पछिल्लो केहि दिनयता सुनको मुल्य लगातार बढिरहेको छ। आज साताको अन्तिम दिन अर्थात् शुक्रबार फेरी सुनको मुल्य तोलामा ५ सय रुपैयाले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाला सुनको मूल्य प्रतितोला ७८  हजार  १  सय र तेजाबी सुनको मूल्य प्रतितोला ७७ हजार ८  सय रुपैया तोकेको छ ।

बिहिबार छापावाला सुनको मूल्य प्रतितोला ७७  हजार  ६ सय र तेजाबी सुनको मूल्य प्रतितोला ७७  हजार ३  सय रुपैयामा खरिद बिक्री भइरहेको थियो। आजको सुनको भाउ अहिलेसम्म कै महँगो  हो।

त्यसै गरि, आज चाँदीको मूल्य  भने स्थिर रहेको छ । आज चाँदीको मुल्य प्रतितोला ९ सय १५ रुपैयामा खरिद बिक्री भइरहेको महासङ्घले जनाएको छ ।

पछिल्लो समय अमेरिका र इरानमा देखिएको तना व र चीन–अमेरिका व्यापार यु द्धका कारण सुनको मूल्यमा उतार-चढाव देखिदै आएको छ।

महासङ्घका अनुसार पछिल्लो समय सुनको व्यापार ७५ प्रतिशत हाराहारीमा खुम्चिएको छ । सामान्यतः दैनिक करिब २५ देखि ३० किलो सुन खपत हुँदै आएको नेपाली बजारमा अहिले मुस्किलले १० किलो सुन पनि बिक्री हुन नसकेको महासङ्घले जनाएको छ ।

प्रकाशित : , ०, ००६:२१

आज सुनको मुल्य अहिलेसम्मकै महँगो, यस्तो छ भाउ!