काठमाडौँ, फागुन ८ । सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले राजिनामा दिएसंगै सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका बार्गेनिङ गरेको अडियो सार्वजनिक गर्ने विजयप्रकाश मिश्रलाई पक्राउ गर्न नेपाल प्रहरी साइबर क्राइम ब्युरोलाई पत्राचार गरिसकेको छ । संघीय संसदअन्तर्गको सार्वजनिक लेखा समितिले विजयप्रकाश मिश्रलाई पक्राउ गर्न पत्र पठाएको हो ।
मिश्रलाई कमिसनको टेप सार्वजनिक गरेकोमा नभई लेखा समितिका सदस्यहरूको चरित्र ह-त्या गरेकोमा कारबाही गर्न पत्र जारी गरेका हुन्।
सामाजिक संजालमा समितिका सदस्यहरूकोे तस्वीर राखेर ‘४ अर्ब खाएर जर्मन कम्पनीलाई ठेक्का दिन लागेको’ भनेर लेखे पछी प्रभात किशोर उपाध्यायलाई पनि लेखा समितिद्वारा कारबाहीको माग गरेको छ । मिश्र र उपाध्याय दुबैलाई कारबाही गरि प्रतिवेदन बुझाउन, समितिले निर्देशन दिएको छ ।
बास्कोटाले दिए राजिनामा ! [भिडियो]
सञ्चारमन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्षीद्वारा राष्ट्रियसभा बैठक अवरुद्ध
प्रचण्डद्वारा बाँस्कोटालाई राजीनामा गराउन सुझाव, सिधै बालुवाटार आउन ओलीको आदेश!