नविना लामाको नजरमा गोकुल बास्कोटा माथि षड्यन्त्र भयो ! भन्छिन् – ‘नखाएको विष लाग्दैन’

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(ने क पा )की नेत्री तथा सांसद नविना लामाले निवर्तमान सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटा षड्यन्त्रमा परेको दावी गरेकी छन्।

सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि बार्गेनिङ गरेको अडियो बाहिरिएका बारे टिप्पणी गर्दै सांसद लामाले बास्कोटा सरकार विरोधी शक्ति, केही दलाल पूँजिपति, व्यापारिक घराना र अन्तरराष्ट्रीय ठेकेदारको सामूहिक षड्यन्त्रमा परेको दावी गरेकी हुन्।

“सञ्चारमन्त्री माननीय गोकुल बास्कोटा कमरेड विरुद्धको पछिल्लो प्रकरण नेकपाको सरकार विरोधी शक्ति, केही दलाल पूँजिपति, व्यापारिक घराना र अन्तरराष्ट्रीय ठेकेदारको सामूहिक षड्यन्त्रको उपज हो ।”,सामाजिक संजालमा लामाले लेखेकी छन्।

केवल श्रव्यसामाग्रीको आधारमा मात्र कोही व्यक्तिलाई दोषी करार गर्ने कार्य देशमा स्थापित भएको भन्दै उनले चिन्ता पनि व्यक्त गरेकी छन्।”केवल श्रव्यसामाग्रीको आधारमा मात्र कोही व्यक्तिलाई दोषी करार गर्ने कार्य देशमा स्थापित विधिको विपरित छ ।”,लामाले लेखेकी छन्। खाएको विष मात्र लाग्ने हुँदा सत्यतथ्य बाहिर आउने समय सम्म धैर्य गर्नुपर्ने उनको बुझाई छ।

सामाजिक संजालमा लामा यसो लेख्छिन्

केवल श्रव्यसामाग्रीको आधारमा मात्र कोही व्यक्तिलाई दोषी करार गर्ने कार्य देशमा स्थापित विधिको विपरित छ । कसैको पनि चरित्र हत्याको प्रयास गर्ने कार्य ग्राह्य हुदैन । खाएको विष मात्र लाग्छ, नखाएको विष लाग्दैन । सञ्चारमन्त्री माननीय गोकुल बास्कोटा कमरेड विरुद्धको पछिल्लो प्रकरण नेकपाको सरकार विरोधी शक्ति, केही दलाल पूँजिपति, व्यापारिक घराना र अन्तरराष्ट्रीय ठेकेदारको सामूहिक षड्यन्त्रको उपज हो । सत्यतथ्य बाहिर आओस, तबसम्म धैर्य गरौं ।

प्रकाशित : , ०, ०१२:३१

मन्त्रि बाँस्कोटासंग अडियो टेपमा बोल्ने मिश्रलाई कारबाही गर्न प्रहरीलाई पत्राचार!