‘कत्ति न १०० करोड नै माग्या जस्तो गर्छन’ भन्दै माग्ने बुढाले हाने कडा व्यङग्य!

काठमाडौँ, फागुन ८ । सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले ‘घुस बार्गेनिङ’ गरेको खुलासा भएसँगै अहिले नेपाली राजनीतिमा ठूलै हलचल मच्चिएको छ।

‘म आफू भ्र-ष्टाचार गर्दिनँ र अरुलाई पनि गर्न दिन्नँ ।’ भन्ने केपी शर्मा ओली क्याबिनेटकै सदस्यले घुसमा बार्गेनिङ गरेको अडियो नै सार्वजनिक भएपछि अहिले अनेक प्रश्न उब्जिएका छन्।

बास्कोटा प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्रको रुपमा चिनिन्छन्। उनले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि कमिसनमा बार्गेनिङ गरेको खुलासा हुनुले भ्र-ष्टाचार विरुद्ध ओलीले दिने गरेको अभिव्यक्ति माथि समेत प्रश्न उब्जिन थालेको छ।

बिहिबार एकाबिहानै बास्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि कमिसनमा बार्गेनिङ गरेको अडियो प्रमाण नै सार्वजनिक भएको हो। सार्वजनिक अडियोमा स्वीक कम्पनीको एजेन्ट र बास्कोटा बीच भएको बार्गेनिङ सुनिएको छ।

एकाबिहानै बास्कोटाको अडियो सार्वजनिक भएपछि हाँस्य कलाकार केदार घिमिरे (माग्नेबुढा) ले सामाजिक संजालमा सांकेतिक रुपमा व्यङग्य गरेका छन् ।   उनले लेखेका छन्, ‘७० करोड माग्या, कत्ति न १०० करोड नै माग्या जस्तो गर्छन । ७०  भनेको  १००  पुग्न ३०  कम हो भन्ने था छ की छैन ? हेप्नी ?’

सम्वन्धित समाचार…

सञ्चारमन्त्री बाँस्कोटाले ‘घुस बार्गेनिङ’ गरेको खुलासा, अडियो नै सार्वजनिक ! [अडियो सहित]
बास्कोटा घुस बार्गेनिङ: “ओलीज्यू! यही हो ‘भ्र-ष्टाचार गर्दिनँ, भ्र-ष्टाचार गर्न पनि दिन्नँ’ भनेको?”

प्रकाशित : , ०, ००७:१०

दोलखा भीमसेनलाई १७ औ पटक आयो पसिना, स्थानीयबासीको भीड!