काठमाडौँ, फागुन ८ । आज बिहीबार फेरी सुनको मुल्य तोलामा ५ सय रुपैयाले बढेको छ । महासङ्घले आज छापावाला सुनको मूल्य प्रतितोला ७७ हजार ६ सय र तेजाबी सुनको मूल्य प्रतितोला ७७ हजार ३ सय रुपैया तोकेको छ ।
मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ७६ हजार ७ सय र तेजाबी सुनको मूल्य प्रतितोला ७६ हजार ४ सय रुपैयामा खरिद बिक्री भइरहेको थियो भने हिजो (बुधबार) ४ सय रुपैयाले बढेर प्रतितोला ७७ हजार १ सय र तेजाबी सुनको मूल्य प्रतितोला ७६ हजार ८ सय पुगेको थियो। त्यसै गरी आज पनि सुनको मुल्य ५ सय रुपैयाले बढेर, अहिलेसम्म कै महँगो भएको हो।
त्यसै गरि, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाले बढेको छ । आज चाँदीको मुल्य प्रतितोला ९ सय १५ रुपैयामा खरिद बिक्री भइरहेको महासङ्घले जनाएको छ ।
पछिल्लो समय अमेरिका र इरानमा देखिएको तना व र चीन–अमेरिका व्यापार यु द्धका कारण सुनको मूल्यमा उतार-चढाव देखिदै आएको छ।
महासङ्घका अनुसार पछिल्लो समय सुनको व्यापार ७५ प्रतिशत हाराहारीमा खुम्चिएको छ । सामान्यतः दैनिक करिब २५ देखि ३० किलो सुन खपत हुँदै आएको नेपाली बजारमा अहिले मुस्किलले १० किलो सुन पनि बिक्री हुन नसकेको महासङ्घले जनाएको छ ।