दिपक राज गिरिको व्यंग्य – मिर्मिरे उज्यालो पनि हुन नपाउँदै, भाले पनि नबास्दै ‘हेप्नी’

काठमाडौँ – सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले ‘घुस बार्गेनिङ’ गरेको खुलासा भएसँगै अहिले नेपाली राजनीतिमा ठूलै हलचल मच्चिएको छ।

‘म आफू भ्रष्टाचार गर्दिनँ र अरुलाई पनि गर्न दिन्नँ ।’ भन्ने केपी शर्मा ओली क्याबिनेटकै सदस्यले घुसमा बार्गेनिङ गरेको अडियोनै सार्वजनिक भएपछि अनेक प्रश्न उब्जिएका छन्।

बास्कोटा प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्रको रुपमा चिनिन्छन्। उनले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि कमिसनमा बार्गेनिङ गरेको खुलासा हुनुले भ्रष्टाचार विरुद्ध ओलीले दिने गरेको अभिव्यक्ति माथि समेत प्रश्न उब्जिन थालेको छ।

बिहिबार एकाबिहानै बास्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि कमिसनमा बार्गेनिङ गरेको अडियो प्रमाणनै सार्वजनिक भएको हो। सार्वजनिक अडियोमा स्वीक कम्पनीको एजेन्ट र बास्कोटा बीच भएको बार्गेनिङ सुनिएको छ।

एकाबिहानै बास्कोटाको अडियो सार्वजनिक भएको प्रति चर्चित हाँस्यकलाकार दिपकराज गिरिले व्यङग्यात्मक प्रतिक्रिया दिएका छन्। सामाजिक संजाल मार्फत गिरिले सांकेतिक व्यङग्य गरेका हुन्।

“मिर्मिरे उज्यालो पनि हुन नपाउँदै, भाले पनि नबास्दै ‘हेप्नी’ ?”,उनको प्रतिक्रिया छ।

सम्वन्धित समाचार…

सञ्चारमन्त्री बाँस्कोटाले ‘घुस बार्गेनिङ’ गरेको खुलासा, अडियो नै सार्वजनिक ! [अडियो सहित]

बास्कोटा घुस बार्गेनिङ: “ओलीज्यू! यही हो ‘भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार गर्न पनि दिन्नँ’ भनेको?”

प्रकाशित : , ०, ००३:३०

अडियो सार्वजनिक भएको बारे बोल्ने भए सञ्चारमन्त्री बाँस्कोटा, पत्रकार सम्मेलन गरिने !